‘नरसिंहाः अवतार’को ‘मेरी प्यारी छोरी’ गीतमा राजेश र एल्भिनाको आत्मियता

काठमाडौ। अगामी जेठ ९ गतेबाट प्रदर्शनको तयारीमा चलचित्र ‘नरसिंहाः अवतार’को दोस्रो गीत ‘मेरी प्यारी छोरी’ सार्वजनिक भएको छ ।
स्वरुपराज आचार्यको स्वर, मुक्त उदासको शब्द रहेको यो गीतमा अर्जुन पोखरेलको संगीत छ । सार्वजनिक गीतले बाबु र छोरीबिचको प्रेम प्रस्तुत गरेको छ ।
सार्वजनिक गीतको भिडियोमा नायक राजेश हमाल, नायिका नीति शाह र बाल–कलाकार एल्भिना खड्कालाई फिचरिङ गरिएको छ । गीतमा एल्भिनाप्रति राजेशको प्रेम, नीति शाहसँगको प्रेमभावलाई प्रस्तुत गरिएको छ ।
दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा राजेश हमाल, नीति शाह, राज कटुवाल, सनिषा भट्टराई, नीर शाह, प्रशान्त ताम्राकार, सरोज खनाल, रमेश चन्द सोडारी, राजिभ जंग बस्नेत, दीपा शाही लगायतका कलाकारहरुको अभिनय छ ।
फिल्मको गीत र ट्रेलरले दर्शकहरुको उच्च साथ पाएका कारण फिल्मले बक्स अफिसमा इनिसियल रुपमा सुखद व्यापार गर्ने अपेक्षा गरिएको छ । फिल्ममा नेम महर्जन, नरेन्द्र महर्जन, दीपक प्रसाद ढकाल र ध्रुव न्यौपानेको लगानी छ ।
फिल्म ‘नरसिंहाः अवतार’को यो गीतमा रामजी लामिछानेको कोरियोग्राफी छ । चन्द्र पन्तको कथा रहेको यो फिल्ममा राजु तामाङको एक्सन, राजु थापाको डीओपी, साहिल खान र मिलन श्रेष्ठको सम्पादन छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र १०, बुधबार १७:४६बाढीमा परी घाइते भएकाको काठमाडौँस्थित विभिन्न अस्पतालमा उपचार जारी
कला, विचार/मनोरञ्जन२०८३ भाद्र १०, बुधबार १६:०९‘टक्सिक’को सुरुवात आक्रामक, व्यापार बलियो तर दर्शक प्रतिक्रिया मिश्रित
समाचार२०८३ भाद्र १०, बुधबार ११:४४बाढीले धादिङको गल्छीमा झोलुङ्गे पुल बगायो, खोला किनारका क्षेत्र उच्च जोखिममा
कला, विचार/मनोरञ्जन२०८३ भाद्र १०, बुधबार १०:०४प्रदर्शनको संघारमा ‘पार्वती’ : प्रिमियरमा भावुक बने दर्शक









