कास्कीको यु–१६ क्रिकेट टोलीलाई कमलपोखरी बचत तथा ऋण सहकारी संस्थाको सहयोग

कास्की ।
कमलपोखरी बचत तथा ऋण सहकारी संस्था पोखरा १३ ले कास्कीको यु–१६ क्रिकेट टोलीलाई ल्यापटप ब्याग तथा टोपी सहयोग प्रदान गरेको छ ।
संस्थाले १७ थान झोला र त्यतिनै टोपी सहयोग प्रदान गरेको हो । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा संस्थाका अध्यक्ष माधव आचार्य, सचिव कुमार केसी लगायतले कास्कीका खेलाडी, टिम कोच, मेनेजर तथा अफिसियलहरुलाई उक्त सहयोग सामग्री हस्तान्तरण गरे ।
सो अवसरमा बोल्दै अध्यक्ष आचार्यले संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत कास्कीको क्रिकेट विकासमा आफुहरुको यो सहयोगको शुरुवात गरेको बताए । आगामी दिनहरुमा पनि सहयोग कार्यलाई निरन्तरता प्रदान गर्ने आचार्यको भनाई थियो ।
सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै क्रिकेट संघ कास्कीका अध्यक्ष सञ्जयकान्त सिग्देलले यस किसिमको सहयोगले खेलाडीहरुको हौसला बुलन्द हुने बताए । संघ कास्कीका सचिव कमल थापाले कार्यक्रम सञ्चालन गरेका थिए ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18281, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ असार २९, सोमबार २१:५५कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कारबाट पत्रकार हितानमगर र गुरुङ सम्मानित
समाचार२०८३ असार २९, सोमबार २१:४४विश्वभरका नेपालीलाई भाषा र साहित्यमार्फत् जोड्ने सेतु भानुभक्तः प्रदेश प्रमुख भट्ट
समाचार२०८३ असार २९, सोमबार १९:५०काउन्सिल अध्यक्ष श्रेष्ठद्वारा पदबहाली, एआईसम्बन्धी मार्गनिर्देशिका बनाएर अघि बढ्ने
समाचार२०८३ असार २९, सोमबार १७:१९नयाँ अनलाइनका सञ्चालक/सम्पादकलाई आचारसंहिता अभिमुखीकरण








