धादिङबेशीमा अन्धोपन निवारणका लागि पुनर्ताजगी तालिम सुरु

धादिङबेशी,७ जेष्ठ । सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरुका लागि दुई पुनर्ताजगी तालिम धादिङबेशीमा आजबाट सुरु भएको छ । तिलगंगा सर्जिकल आँखा केन्द्र धादिङको आयोजना तथा क्यूर ब्लाईण्डनेस प्रोजेक्टको सहयोगमा दुई दिने पुनर्ताजगी तालिम सुरु भएको हो । आँखामा हुने समस्या कम गर्ने उदेश्यले सामुदायिक स्वास्थ्य स्वयंमसेविकालाई तालिम प्रदान गरीएको क्यूर ब्लाईन्डनेस प्रोजेक्टका मास्टर ट्रेनर बिमल पौड्यालले जानकारी दिनुभयो ।
तालिममा कर्नियामा फुलो परि हुने अन्धोपन रोकथामको उपाय, अन्धोपनका समस्या र यसका समाधान बारे थप उपचार गर्ने, समयमै अन्धोपन निवारणका लागि आवश्यक पर्ने प्रचार प्रसार बारे जानकारी गराइएको थियो । आँखाको प्राथमिक उपचार नपाएर आँखाको ज्योली नै गुम्ने तथा गम्भीर अवस्थामा अस्पताल पुग्ने दरलाई कम गर्ने र कर्नियामा हुने चोटपटकलाई निवारण गर्नको लागि तालिम संचालन गरिएको पौडेलले बताउनुभयो । तिलगंगा आँखा प्रतिष्ठान धादिङले बिगतदेखि नै महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई ६र६ महिनामा आँखा सम्बन्धि प्राथमिक उपचार तालिम प्रदान गर्दै आएको छ ।
नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठानको परियोजना अधिकृत हस्त राईको अध्यक्षतामा सुरु भएको तालिममा धादिङ अस्पतालका अस्पताल निर्देशक डा। गगन अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । नेपाल रेडक्रस सोसाईटी धादिङका सभापती दुर्लभ तामाङको बिशेष आतिथ्यता तथा नीलकण्ठ नगरपालिकाका बरिष्ठ जनस्वास्थ्य अधिकृत बिष्णु प्रसाद रिजाल लगायतको आतिथ्यता रहेको थियो ।

लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ असार १०, बुधबार १९:०३त्रिपुरासुन्दरी गाउँपालिकाको कार्यालयमा अभद्र व्यवहार गर्ने सुरेन्द्र वाँडा पक्राउ
कला, विचार/मनोरञ्जन२०८३ असार १०, बुधबार १५:१४‘कार्की साइँला’को प्रदर्शन मिति परिवर्तन, असोज २ गतेदेखि प्रदर्शनमा आउने
कला, विचार/मनोरञ्जन२०८३ असार १०, बुधबार १४:४८‘गौँथली’ मा अरुण सिम्रनको नयाँ जोडी, साउन १ देखि दर्शकमाझ
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार १०, बुधबार १३:५५ज्येष्ठ नागरिकको आँखाको शल्यक्रिया « रिपोर्टर्स नेपाल








