गाउँ पर्यटन प्रवद्र्धनमार्फत युवा पलायन रोक्ने पोखरामा गाउँ पर्यटन मेला

पोखरा । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको आयोजना र गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल (भिटोफ) गण्डकीको सहआयोजनामा यही जेठ ९ र १० गते पोखरामा गाउँ पर्यटन मेला आयोजना हुने भएको छ।
मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा आयोजकले मेलाले सामुदायिक होमस्टेले प्रदान गर्न सक्ने प्याकेजबारे जानकारी दिने बताए।
मेलामा गोरखा र म्याग्दी बाहेक गण्डकी प्रदेशका अन्य जिल्लाका २५ वटा गाउँ पर्यटनसँग सम्बद्ध व्यवसायीका स्टल रहनेछन्।
यस्तै, गाउँ पर्यटन प्रवद्र्धनमा उद्योग, व्यवसायी र सञ्चार क्षेत्रको भूमिकामाथि छलफल हुने टक शो, विभिन्न जातजातिका सांस्कृतिक प्रस्तुति, पर्यटन प्रचारप्रसार सामग्री वितरण र सञ्चारमाध्यमसँग समन्वय पनि मेलाका आकर्षण हुनेछन्।
नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणि लामिछानेले मेलाले गाउँ पर्यटनको सम्भावनालाई उजागर गर्दै स्थानीय व्यवसायी र पर्यटकबीच पुलको काम गर्ने बताए। “यो मेलाले गाउँमा लुकेका पर्यटकीय सम्पदालाई विश्वसामु चिनाउने र स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने हाम्रो प्रयास हो,” उनले भने।
भिटोफ गण्डकीकी अध्यक्ष शोभा सापकोटाको सभापतित्वमा भएको पत्रकार सम्मेलनमा मेलाले गाउँ पर्यटनलाई आर्थिक समृद्धिको आधार बनाउने दृष्टिकोण प्रस्तुत गरिएको थियो।
गाउँ पर्यटनमार्फत गण्डकी प्रदेशलाई विश्वस्तरीय पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने यो मेला एउटा कोसेढुंगा हुने आयोजकको विश्वास छ।
गण्डकी प्रदेशको ग्रामीण पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित यो मेलाले गाउँमा आयआर्जनका अवसर सिर्जना गरी युवा पलायन रोक्ने र विदेशी पर्यटकको बसाइ अवधि तथा खर्च बढाउने लक्ष्य राखेको छ।
मेलाले सामुदायिक होमस्टे र गाउँमा आधारित पर्यटन व्यवसायको जानकारी प्रदान गर्ने, बजारीकरणमा जोड्ने, पर्यटन व्यवसायी र सम्भावित ग्राहकबीच सम्पर्क स्थापना गर्ने, निजी तथा सरकारी लगानीलाई प्रोत्साहन गर्ने र गाउँ पर्यटनमार्फत प्रदेशको समृद्धिमा योगदान पुर्याउने उद्देश्य बोकेको छ।
मेलाको सहकार्यमा गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालय, पोखरा महानगरपालिका, होमस्टे फ्रेडेरेशन नेपाल (होफेन) गण्डकी प्रदेश र पोखरा पर्यटन परिषद् रहेका छन्।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18286, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र १०, बुधबार १४:३३रसुवा, नुवाकोट र धादिङलाई तीन महिनाका लागि विपत् संकटग्रस्त क्षेत्र घोषणा
समाचार२०८३ भाद्र १०, बुधबार १४:२०गण्डकी सरकारबाट एमालेका चार मन्त्रीले दिए राजीनामा
समाचार२०८३ भाद्र ८, सोमबार १६:३८जीएमसीको साथमा ‘मिडिया कप फुटसल’
समाचार२०८३ भाद्र ८, सोमबार १२:५८प्रथम पिसिएम कप राष्ट्रिय जुनियर टेनिस:यु–१८ उपाधी शास्वतलाई, यु–१६ तर्फ सुरेन्द्र च्याम्पिन







