‘नरसिंहाः अवतार’को बुकिङ सुरु, नयाँ रोमान्टिक गीत सार्वजनिक

काठमाडौ। शुक्रबारदेखि रिलिजमा आउन लागेको फिल्म ‘नरसिंहाः अवतार’को बुकिङ खुलिसकेको छ । रिलिजको मिति नजिकिदै गर्दा यसको चर्चा पनि चुलिएको छ । यसैबिच, फिल्मको निर्माणपक्षले नयाँ गीत सार्वजनिक गरेको छ ।
‘तिम्रो मात्र हुने मन छ’ बोलको गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत, सैराज खाती र मनिषा सुनवारको स्वर छ ।यो रोमान्टिक गीतमा नायक राज कटुवाल र नायिका सनिषा भट्टराइलाई रोमान्टिक अवतारमा देखाइएको छ ।
माइकल चन्दको कोरियोग्राफी रहेको यो गीतमा राजु थापाको डीओपी छ ।फिल्ममा राजेश हमाल, नीति शाह, राज कटुवाल, सनिषा भट्टराई, नीर शाह, अर्जुन श्रेष्ठ, उषा खड्गी, रमेश चन्द सोडारी, आशा पौडेल, प्रशान्त ताम्राकार, राजिभ जंग बस्नेत, प्रकाश जंग कुँवर, प्रभु श्रेष्ठ, अमित गिरी, टार्जन लगायतका कलाकारहरुको अभिनय छ ।
दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा नेम महर्जन, दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन, ध्रुव न्यौपानेको लगानी छ । फिल्ममा साहिल खान र मिलन श्रेष्ठको सम्पादन, चन्द्र पन्तको कथा, राजु तामाङको एक्सन छ ।यो फिल्मलाई प्रेम, विछोड, सस्पेन्स र बदलाको कथामा निर्माण गरिएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र ९, मंगलवार १०:२३आहा, यस्तो पो झरना !
स्वास्थ्य/जानकारी टिप्स२०८३ भाद्र ९, मंगलवार १०:१४अध्यारोबाट उज्यालो देखेपछि… « रिपोर्टर्स नेपाल
खेलकुद२०८३ भाद्र ९, मंगलवार ०९:४४मलेसियाविरुद्ध नेपाललाई फिल्डिङको निम्तो
समाचार२०८३ भाद्र ८, सोमबार १९:१६लागुपदार्थ दुर्व्यसनी र बालमैत्री स्थानीय शासनबारे मनरुपी माविका विद्यार्थीलाई अभिमुखिकरण









