अमेरिकाको वाशिङ्टन डीसीमा इजरायली दूतावासका दुई कर्मचारीको हत्या

वासिङ्टन डीसी शहरस्थित यहूदी संग्रहालय बाहिर दुई इजरायली दूतावासका कर्मचारीलाई गोली हानी हत्या गरिएको अधिकारीहरूले बताएका छन् ।
बीबीसीका अनुसार हत्या गरिएकाहरुमा एक पुरुष र एक महिला थिए । उनिहरुलाई क्यापिटल यहूदी संग्रहालयमा आयोजित एक कार्यक्रमबाट बाहिर निस्कने क्रममा गोली हानी हत्या गरिएको थियो ।
गोलीबारी स्थानीय समयअनुसार राति ९ बजे भएको थियो । रिपोर्टका अनुसार घटनाको समयमा संग्रहालयमा धेरै इजरायली दूतावासका कर्मचारीहरू उपस्थित थिए ।
संयुक्त राष्ट्र संघका लागि इजरायलका राजदूतले सो घटनालाई “यहूदी विरोधी आतंकवादको घृणित कार्य” भनेर वर्णन गरेका छन् ।
यस घटनापछि वासिङ्टन डीसीमा ठूलो संख्यामा प्रहरी बल तैनाथ गरिएको छ । मुख्य सडकहरू बन्द गरिएका छन् । स्थानीय सञ्चारमाध्यमले पीडितहरूको पहिचान एक पुरुष र एक महिलाको रूपमा गरिएको बताएको छ, तर उनीहरूको नाम सार्वजनिक गरिएको छैन ।
इजरायली दूतावासका प्रवक्ताले संग्रहालयको कार्यक्रममा भाग लिने क्रममा दुई कर्मचारीलाई नजिकैबाट गोली हानेर हत्या गरिएको पुष्टि गर्नुभएको छ ।
गोलीकाण्डको समयमा इजरायली राजदूत संग्रहालयको कार्यक्रममा उपस्थित नभएको अमेरिकी समाचार संस्थाहरुले जनाएका छन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ १३, बुधबार २०:५९निफले सम्मान गर्यो ‘इलेफेन्ट इन द फग लाई’
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ १२, मंगलवार २१:४२सोम गुरुङको ‘चौंरीको गोठ’ मा सुरेश र रश्मी
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ १२, मंगलवार २१:३१‘गंगा रानी’ मा वर्षा अनुबन्धित, नयाँ कलाकारको खोजी
समाचार२०८३ जेष्ठ १२, मंगलवार १८:५७संस्थागत क्षमता (LISA) र वित्तीय सुशासन मूल्याङ्कन (FRA) मा नीलकण्ठ नगरपालिका देशकै उत्कृष्ट








