शनिबार मध्यपहाडी पुष्पलाल लोकमार्ग जनजागरण सभामा पोखराबाट ५,००० सहभागी हुने

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) पोखरा महानगर समितिको विस्तारित बैठक सहिद पार्कको घनश्याम स्मृति कक्ष, पोखरा-१७, सहिद चोकमा हालै सम्पन्न भएको छ।
बैठकले “मध्यपहाडी पुष्पलाल लोकमार्ग जनजागरण अभियान” अन्तर्गत जेष्ठ १० गते शनिवार हुने जनसभामा पोखरा महानगरपालिकाबाट ५,००० जनाको सहभागिता सुनिश्चित गर्ने प्रमुख निर्णय गरेको छ।
बैठकले जनजागरण अभियानलाई भव्य बनाउन वडा नं. २५, हेमजा मिलनचोकमा अभियान टिमलाई स्वागत गर्ने निर्णय गरेको छ। साथै, आगामी जेष्ठ २४ गते उद्घाटन र २५ गते बन्दसत्रसहित पोखरा सभागृहमा महानगर सम्मेलन सम्पन्न गर्ने तयारी गरेको छ।
सम्मेलनमा पार्टी अध्यक्ष क. प्रचण्ड प्रमुख अतिथिको रूपमा सहभागी हुनेछन्। प्रतिनिधि छनोटका लागि प्रत्येक वडाबाट न्यूनतम ५ जना प्रतिनिधि र ३ जना पर्यवेक्षक, २० जना बराबर १ जना प्रतिनिधि पठाउने व्यवस्था गरिएको छ। प्रतिनिधि छनोटमा पार्टी विधान २०८० को भाग ७, धारा ३२(२) बमोजिम भूगोल, जनजाति, युवा, अल्पसंख्यक, एक दलित र एक महिला अनिवार्य समावेश हुनुपर्ने प्रावधान राखिएको छ।
हालसम्म ५,५८० पार्टी सदस्यहरूको नवीकरण भएको र सम्मेलनमा ५५० प्रतिनिधि र ९९ पर्यवेक्षक सहभागी हुने जानकारी दिइएको छ।
महानगर समितिमा नयाँ सदस्य मनोनयनको निर्णय पनि भएको छ। वडा सम्मेलनबाट निर्वतमान भएका मनोज रसाइली (वडा ११), गोविन्द घिमिरे (वडा १२), निर्मल आचार्य (वडा १६), शालिकराम देवकोटा (वडा १७), निर्मल वास्तोला (वडा १९), पूर्णदिप सिग्देल (वडा २१), नवराज बराल (वडा २२), पुरुषोत्तम सुवेदी (वडा २४), मेघराज भण्डारी (वडा २६), यज्ञ प्रसाद तिवारी (वडा २८), लालबहादुर सुनार (वडा २९) र कृष्ण प्रसाद तिमिल्सेना (वडा ३१) लाई महानगर समिति सदस्यमा मनोनयन गरिएको छ। सम्मेलन तयारीका लागि व्यवस्थापन, आर्थिक, अतिथि सत्कार, प्रतिनिधि व्यवस्थापन, प्रतिवेदन लेखन, निर्वाचन सहजीकरण, सम्मान सिफारिस र स्वयंसेवक परिचालन उपसमितिहरू गठन गरिएको छ। यी उपसमितिहरूमा हर्कमान विश्वकर्मा, भानुभक्त अधिकारी, विमला पहारी, जनकराज पराजुली, निर्मला सुवेदी, शिवजी लामिछाने, अनिल परियार लगायतका कमरेडहरूलाई संयोजकको जिम्मेवारी दिइएको छ।
आर्थिक व्यवस्थापनका लागि आन्तरिक स्रोत परिचालन गरी सम्मेलन सम्पन्न गर्ने निर्णय भएको छ। प्रतिनिधि छनोटका लागि जेष्ठ २० गतेभित्र वडा समितिको बहुमत निर्णय र वडा अध्यक्ष तथा इन्चार्जको संयुक्त हस्ताक्षरसहित माइन्युटको छायाप्रति महानगर कार्यालयमा बुझाउनुपर्ने छ।
उपल्लो समितिका कमरेडहरूले महानगर प्रतिनिधि हुन चाहेमा सम्बन्धित समितिको राजीनामा स्वीकृत पत्र अनिवार्य पेश गर्नुपर्ने प्रावधान राखिएको छ। यी निर्णयहरूले पार्टीको संगठन विस्तार, जनजागरण अभियान र आगामी सम्मेलनलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
बैठकमा पार्टी केन्द्रीय सदस्य हरिराज अधिकारी (क. कुमार) को प्रमुख आतिथ्यता, कास्की जिल्ला इन्चार्ज नेत्रनाथ अधिकारीको विशेष आतिथ्यता, केन्द्रीय सदस्यहरू राजकाजी गुरुङ (करण), रामजी प्रसाद बराल (जीवन), महानगर इन्चार्ज तेजकुमारी पौडेल, सोमति तमु, बखान सिंह तमु, गंगाप्रसाद पोखेल, कास्की जिल्ला संयोजक विश्वप्रकाश लामिछाने र सचिव विनय थापाको उपस्थिति रहेको थियो। बैठकको अध्यक्षता महानगर समितिका अध्यक्ष हरिनारायण गिरी (विज्ञान) ले गरेका थिए।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18300, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र १०, बुधबार १४:३३रसुवा, नुवाकोट र धादिङलाई तीन महिनाका लागि विपत् संकटग्रस्त क्षेत्र घोषणा
समाचार२०८३ भाद्र १०, बुधबार १४:२०गण्डकी सरकारबाट एमालेका चार मन्त्रीले दिए राजीनामा
समाचार२०८३ भाद्र ८, सोमबार १६:३८जीएमसीको साथमा ‘मिडिया कप फुटसल’
समाचार२०८३ भाद्र ८, सोमबार १२:५८प्रथम पिसिएम कप राष्ट्रिय जुनियर टेनिस:यु–१८ उपाधी शास्वतलाई, यु–१६ तर्फ सुरेन्द्र च्याम्पिन







