गौरीशंकर आविमा पुरस्कार वितरण तथा विद्यार्थीलाई पोसाक र स्टेशनरी सहयाेग

पाेखरा । पाेखरा २५ हेमजामा रहेकाे गाैरीशंकर आधारभूत विद्यालयले विद्यार्थीलाई पुरस्कार वितरण गरेकाे छ ।
शैक्षिक सत्र २०८१ मा शैक्षिक तथा अतिरिक्त कृयाकलापमा उत्कृष्ट बालबालिकलाई विद्यालयले पुरस्कार वितरण गरेकाे हाे ।
यसका साथै लायन्स क्लब अफ पोखरा आदर्श चौतारी तथा विदेशी डोनर (संस्था) राइट फर चिल्ड्रेनले विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई आवश्यक पर्ने विद्यालय पोसाक, जुत्ता, मोजा, झोला, कापी, कलम लगाएतका सामग्रीहरु वितरण गरेकाे छ ।

कार्यक्रमका प्रमुख अतिथि पाेखरा २५ हेमजाका वडा अध्यक्ष मोतीलाल तिम्सिनाले विद्यालयको विकासको लागि हरतवरबाट वडाकाे सहयोग रहने वचनवद्वता जनाए । साथै ⇑उनले अवकाे वजेटमा विद्यालयलाई फर्निचर मर्मतका दुई लाख ५० हजार रुपैयाँ विनियाेजन गर्ने जानकारी दिए ।
कार्यक्रममा विष्णुयादका विष्णुयादुका टोल विकास संस्थाका अध्यक्ष कृष्णमान श्रेष्ठ, भू.पू.प्र.अ. राम बहादुर कार्की, लगाएका विद्यालयकाे हकहितका लागि आआफ्ना भनाई राखेका थिए ।
कार्यक्रममा लायन्स क्लब अफ पोखराका अध्यक्ष र प्रतिनिधिहरु, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, शिक्षक, अभिभावक संघ, समाजसेवी, बुद्धिजीवी, अभिभावक, निदान कर्मचारी, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायणबहादुर कुँवरकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे सञ्चालन विद्यालयका निवर्तमान प्र.अ. डिल्लीराम तिमिल्सिना र स्वागत प्र.अ ईन्द्र कुमारी पुनले गरेकी थिईन् ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18341, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ श्रावण ८, शुक्रबार २२:३२समाचार लेखेकै भरमा पत्रकार सुमन ढुंगानालाई धम्की, प्रेस चौतारी कास्कीको कडा आपत्ति
समाचार२०८३ श्रावण ८, शुक्रबार ०६:२७गण्डकीका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री काकीको १०० दिने उपलब्धि सार्वजनिक
समाचार२०८३ श्रावण ६, बुधबार २१:२१पोखरा–१४ मा वडाध्यक्ष कार्कीको संयोजकत्वमा मानव बेचबिखन विरुद्ध स्थानीय समिति गठन
समाचार२०८३ श्रावण ६, बुधबार १३:४५विवाह उमेर हद बाल हितविपरीत: अन्तर्राष्ट्रिय कानुनअनुकूल संशोधन गर्न जोड






