पत्रकार महासंघ कास्कीमा डिजिटल साक्षरता तालिम

पोखरा ।
नेपाल पत्रकार महासंघ कास्कीमा डिजिटल साक्षरता तालिम शुरु भएको छ । आईतबारदेखि सुरु भएको तालिम मंगलबारसम्म सञ्चालन हुनेछ ।
तालिमका मुख्य प्रशिक्षक निम्जिनका संस्थापक रजनीश भण्डारीले मोबाईल जर्नालिजम् टेक्निक, मल्टिमिडिया सम्बन्धि पछिल्लो अवस्था, कान्भा फर जर्नालिज्म फोटो जर्नालिजम्, भिडियो इडिटिङ, लगायतका विषयमा प्रशिक्षण दिनेछन् ।
तालिममा पत्रकार सन्तोष पोखरेल मिस ईन्फर, डिस तथा मास ईन्फरमेसनका बारे र जीवन भण्डारीले एआईका बारेमा प्रशिक्षण दिनेछन् ।
तालिमको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गरेका थिए । कार्यक्रममा प्रमुख आचार्यले सिंगो पत्रकारिता क्षेत्रलाई सकरात्मक ढंगले अघि बढाउने विश्वास व्यक्त गरे । पत्रकारितामा हरेक दिन अपडेट भईराख्नुपर्ने उनको भनाई छ । उनले पत्रकारलाई समय समयमा रिफ्रेन्समेन्ट तालिम आवश्यक भईरहने बताए ।
पत्रकारिता पेशा राम्रो भयो भने समाज राम्रो हुने महानगर प्रमुख आचार्यको विश्वास छ । उनले पत्रकार महासंघका हरेक गतिविधिमा महानगरले सहकार्य गर्ने प्रतिवद्वता व्यक्त गरे ।
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले डिजिटल साक्षरता हरेक क्षेत्रमा आवश्यक रहेको बताए । उनले तालिममा लिएको कुरा कन्टेन्टका देखाएर पढ्न पाईएमा तालिमको सार्थकता हुने उल्लेख गरे ।
प्रेस काउन्सिल नेपालका सदस्य केशवशरण लामिछानेले स्किलफूल तालिम सहभागिको लागि फलदायी हुने विश्वास व्यक्त गरे । अहिले प्रविधिमा भइरहेको परिवर्तनसँगै यस्ता तालिमले पत्रकारितामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनको भनाई छ । तालिमका कास्कीका ७५ जना पत्रकारहरु सहभागी छन् ।
पत्रकार महासंघ कास्कीका अध्यक्ष माधवप्रसाद बरालको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत संस्थाका उपाध्यक्ष माधवप्रसाद रेग्मी र सञ्चालन सहसचिव धनबहादुर गरुङ (सुमन) ले गरेका थिए ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18347, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ श्रावण ८, शुक्रबार २२:३२समाचार लेखेकै भरमा पत्रकार सुमन ढुंगानालाई धम्की, प्रेस चौतारी कास्कीको कडा आपत्ति
समाचार२०८३ श्रावण ८, शुक्रबार ०६:२७गण्डकीका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री काकीको १०० दिने उपलब्धि सार्वजनिक
समाचार२०८३ श्रावण ६, बुधबार २१:२१पोखरा–१४ मा वडाध्यक्ष कार्कीको संयोजकत्वमा मानव बेचबिखन विरुद्ध स्थानीय समिति गठन
समाचार२०८३ श्रावण ६, बुधबार १३:४५विवाह उमेर हद बाल हितविपरीत: अन्तर्राष्ट्रिय कानुनअनुकूल संशोधन गर्न जोड






