जेठ १७ गते हुने मासिक दौडमा जनप्रतिनिधीहरु दौडने

पोखरा । पोखरामा नियमित हुँदै आएको मासिक दौड अन्तर्गत यो महिना जेठ १७ गते हुने दौडमा जनप्रतिनिधीहरु दौडने भएका छन् ।
मासिक दौड कार्यक्रम अन्तर्गत आयोजना हुने जनप्रतिनिधि दौड भने नेपाल भूतपूर्व खेलाडी मञ्चको रजत वर्षको अवसरमा घोषणा गरिएको दौड कार्यक्रम हो । ५ किमि जनप्रतिनिधि दौड संगै ५ किमि छात्र/छात्रा दौड समेत हुने मञ्चका अध्यक्ष दिल बहादुर गुरूङले जनाएका छन् ।
पोखरा रंगशालामा तय गरिएको उक्त दौडका लागि पोखरा महानगर पालिकाको समते सहकार्य रहने मञ्चका पूर्व अध्यक्ष एवं मासिक दौडका परिकल्पनाकार तेज बहादुर गुरूङले बताए ।
यो पटक नियमित हुँदै आएको तीन किमि छात्र/छात्रा दौड यो महिना स्थागित गरी ५ किमिलाई निरन्तरता दिइएको निवर्तमान अध्यक्ष हरि प्रसाद पराजुलीले बताए । जेठ १७ गते हुने मासिक दौड छैटौं संस्करणको समेत हुने उनले जानकारी दिए ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18390, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र १०, बुधबार १४:३३रसुवा, नुवाकोट र धादिङलाई तीन महिनाका लागि विपत् संकटग्रस्त क्षेत्र घोषणा
समाचार२०८३ भाद्र १०, बुधबार १४:२०गण्डकी सरकारबाट एमालेका चार मन्त्रीले दिए राजीनामा
समाचार२०८३ भाद्र ८, सोमबार १६:३८जीएमसीको साथमा ‘मिडिया कप फुटसल’
समाचार२०८३ भाद्र ८, सोमबार १२:५८प्रथम पिसिएम कप राष्ट्रिय जुनियर टेनिस:यु–१८ उपाधी शास्वतलाई, यु–१६ तर्फ सुरेन्द्र च्याम्पिन







