नारायणहिटी दरवार संग्रहालय क्षेत्र वरपर निषेधित क्षेत्र कायम

काठमाडौँ- जिल्ला प्रशासन कार्यालय काठमाडौँले नारायणहिटी दरवार संग्रहालय क्षेत्र वरपर निषेधित क्षेत्र घोषणा गरेको छ ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) बमोजिम काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीले आदेश जारी गर्नुभएको हो ।
केशरमहल चोकदेखि नारायणहिटी दरवार संग्रहालय दक्षिण गेट हुँदै जय नेपाल मोडसम्म, महेन्द्र सालिक हुँदै नारायणहिटी दरवार संग्रहालय दक्षिण गेट सम्म निषेधित क्षेत्र कायम गरिएको सिडिओ ऋषिराम तिवारीले जारी गर्नु भएको आदेशमा उल्लेख छ ।
“स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) बमोजिम जिल्ला सुरक्षा समिति काठमाडौंको सिफारिस समेतका आधारमा मिति २०८२/०१/२४ गतेको सूचना बमोजिमको निषेधित क्षेत्रका अतिरिक्त देहायको क्षेत्रमा मिति २०८२/०२/१७ गतेदेखि लागु हुने गरी मिति २०८२/०३/२४ गते सम्मका लागि पाँच जनाभन्दा बढि व्यक्ति भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरेको आदेश जारी गरिएको छ ।” आदेशमा भनिएको छ ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ असार २७, शनिबार ०६:५९स्पेन फिफा विश्वकपको सेमिफाइनलमा « रिपोर्टर्स नेपाल
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २६, शुक्रबार २२:४८गणेशका परिवारलाई मिलापत्र गर्न काठमाडौँ सिडिओको दबाब
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २६, शुक्रबार १५:३५उपकरण हस्तान्तरण गर्न अस्पतालको आह्वान
कला, विचार/मनोरञ्जन२०८३ असार २६, शुक्रबार ०९:२१सबैको नजरमा ‘गौँथली’, युट्युब ट्रेन्डिङमा पहिलो









