‘अन्नपूर्ण डे’ मनाउन आएका फ्रान्सेली नागरीकलाई पोखरामा भब्य स्वागत

पोखरा ।
पर्वतारोही मौरिस हर्जोगको सम्झनामा फ्रान्सेली कलाकार टोलीले म्याग्दीको अन्नपूर्ण आधार शिविरमा सांगीतिक प्रस्तुती दिने भएका छन् । सोही सफलताको सम्झनामा फ्रान्सेली सांगीतिक टोली नेपाल आएको छ । उक्त टोली शुक्रबार पोखरा आइपुगेको छ ।
मौरिस हर्जोगका छोरा म्याथिएस इम्यानुएल म्याक्सिमिलेन र नाती सिमोन ज्याक्युस, फ्रान्सेली पर्वतारोहण अनुसन्धानकर्ता र सांगीतिक टोली गरी १४ जनाको टोली पोखरा आएको छ ।
टोलीको पोखरा विमानस्थलमा भब्य स्वागत गरिएको छ । नेपाल पर्यटन बोर्डकोका प्रमुख मणि राज लामिछाने, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्य लगायतका पर्यटन अगुवाहरुले उनिहरुलाई स्वागत गरेका थिए ।
अन्नपूर्ण हिमाल आरोहणको दिवस हिरक जयन्तीमा फ्रान्सेली कलाकार समूहले शुक्रबार पोखराको फेवाताल वाराहि घाट र आधार शिविरमा सांगीतिक कार्यक्रम प्रस्तुत गर्ने टान अध्यक्ष आचार्यले जानकारी दिए ।
मौरिस हर्जो विश्वमै ८ हजार मिटरभन्दा अग्लो हिमाल आरोहण गर्ने पहिलो फ्रान्सेली आरोही हुन् । सन् १९५० जुन ३ तारिखमा हर्जोग र लुइस लचेनले अन्नपूर्ण आरोहण गरेर इतिहास रचेका थिए । हर्जोगले पाएको सोही सफलताको सम्झनामा अन्नपूर्ण अधार शिविरमा फ्रान्सेली कलाकार टोली त्यस तर्फ जान लागेका हुन् ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18439, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन १९, सोमबार १६:४९कांग्रेस केन्द्रीय सदस्यमा सुदर्शन शर्मा : ‘व्यक्ति होइन, विचारको बहस गरौँ’
समाचार२०८३ आश्विन १८, आईतवार १५:०५कास्की आइडल–२ को सेमिफाइनल सम्पन्न, गायन र नृत्यतर्फ १०–१० जना फाइनलमा
समाचार२०८३ आश्विन १८, आईतवार ११:१५आप्रवासी स्रोत केन्द्रका परामर्शकर्मीलाई तनाव व्यवस्थापन तालिम
समाचार२०८३ आश्विन ७, बुधबार १४:४१दलित अधिकार तथा विकास विधेयकमाथि पोखरामा सुझाव संकलन








