अन्तरवडास्तरीय फुटबलकाे उपाधि वडा नं. १५ लाई

पोखरा । हेमजा युनाइटेड आयोजनामा भएको अन्तरवडास्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर १५ ले जितेको छ ।
शनिबार हेमजाको गौरीशंकर खेल मैदान (गैरी) मा भएको फाइनलमा वडा नम्बर १ को टिमलाई २–० गोलअन्तरले पराजित गर्दै उपाधिसहित १ लाख ११ हजार १११ रुपैयाँ, ट्रफी मेडल र प्रमाणपत्र हात पारेको छ ।
उपविजेताले ५५ हजार ५५५ साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
वडा नम्बर ५ को टिमलाई अनुशासन टिम घोषणा गरियो । यस्तै, वडा १ का चन्द्रबहादुर गुरुङ उत्कृष्ट खेलाडी घोषित भए । अनुशासित टिमले १० हजार र उत्कृष्ट खेलाडीले ५ हजार पुरस्कार प्राप्त गरे ।
यसैगरी, सर्वाधिक गोलकर्ताको उपाधि वडा २५ का सुविन श्रेष्ठले जिते ।
वडा १५ ले विधागत उपाधिमा पनि कब्जा जमायो । वडा १५ का बलराम खत्री उत्कृष्ट गोलरक्षक, मिलन गुरुङ उत्कृष्ट डिफेण्डर, धर्मराज पराजुली उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षक नितेष गुरुङ बने । उत्कृष्ट फरवार्ड वडा १ का वासु जिसी बने ।
विधागत पुरस्कार २ हजार साथमा ट्रफी प्रदान गरिएको हेमजा युनाइटेडका उपाध्यक्ष तथा खेल संयोजक इन्द्रबहादुर कुँवरले जानकारी दिए ।
समापनमा प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रवक्ता तथा वडा २५ का वडाध्यक्ष मोतीलाल तिम्सिना, वडा १ का वडाध्यक्ष साहारा प्रधान, हेजमा युनाइटेडका अध्यक्ष कृष्णमान श्रेष्ठ, खेल संयोजक इन्द्रबहादुर कुँवर, पूर्व राष्ट्रिय खेलाडी बलबहादुर कार्की, नेपाली काँग्रेस पोखरा–२५ हेमजाका सभापति मधुसुदन त्रिपाठी, हेमजा युनाइटेडका सल्लाहकार प्रकाशचन्द्र सापकोटा, लायन्स क्लब अफ हेमजाका अध्यक्ष सन्तमान श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए ।
प्रमुख अतिथि तिम्सिनाले हेमजामा समग्र खेल क्षेत्रको विकास गर्न वडा सधैँ लागिपर्ने बताए ।
पोखरा–१५ का वडाध्यक्ष तोरणबहादुर बानियाँले खेल क्षेत्रको माध्यमबाट वडाहरुलाई जोड्ने काम हेमजा युनाइटेडले गरेकोमा धन्यवाद व्यक्त गरे । साथै, आफ्नो वडाको टिमले उपाधि जितेको उनले खुसी व्यक्त गरे ।
हेमजा युनाइटेडका अध्यक्ष कृष्णमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव माधव अधिकारी र संचालन मनोज त्रिपाठीले गरे ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18460, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन १९, सोमबार १६:४९कांग्रेस केन्द्रीय सदस्यमा सुदर्शन शर्मा : ‘व्यक्ति होइन, विचारको बहस गरौँ’
समाचार२०८३ आश्विन १८, आईतवार १५:०५कास्की आइडल–२ को सेमिफाइनल सम्पन्न, गायन र नृत्यतर्फ १०–१० जना फाइनलमा
समाचार२०८३ आश्विन १८, आईतवार ११:१५आप्रवासी स्रोत केन्द्रका परामर्शकर्मीलाई तनाव व्यवस्थापन तालिम
समाचार२०८३ आश्विन ७, बुधबार १४:४१दलित अधिकार तथा विकास विधेयकमाथि पोखरामा सुझाव संकलन








