रुबीभ्यालीमा तामाङ मातृभाषा लिपी सम्बन्धी प्रशिक्षण कार्यक्रम

धादिङ, १८ जेठ ।
रुबी भ्याली गाउँपालिकाले स्थानीय तहको भाषा नीति निर्माण तथा तामाङ मातृभाषा लिपी शिक्षा विषय सम्बन्धी प्रशिक्षण कार्यक्रम सुरु गरेको छ ।
पाँच दिन सम्म सञ्चालन हुने प्रशिक्षणमा भाषा नीति निर्माण तथा तामाङ मातृभाषामा शिक्षा लिपी विषयका बरिस्ठ प्रशिक्षक एवं तामाङ भाषाविद् अजितमान तामाङको उपस्थितिमा प्रशिक्षण कार्यक्रम सुरु भएको हो ।
तामाङ जातिको भाषा–लिपी जर्गेना गर्ने तथा भाषा सम्वन्धी प्रशिक्षण प्रदान गर्ने उद्देश्यले तामाङ–लिपी सम्वन्धी प्रशिक्षण सुरु गरिएको गाउँपालिकाका अध्यक्ष रामसिंह तामाङले बताउनुभयो । आफ्नो भाषा लिपीमा बोल्न मात्र नभई लेख्न समेत सिकाउने उद्देश्यले पहिलो पटक विद्यालयका शिक्षकहरुलाई भाषा प्रशिक्षण कार्यक्रम सुरु गरिएको तामाङले बताउनुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नविन कुमार गोलेले सबै विद्यालयमा तामाङ भाषाको लिपी पाठ्यक्रम सुरु गर्नुका साथै तामाङ भाषा, लिपि प्रवद्र्धन तथा सामुदायिक अधिकारलाई सुनिश्चितका लागि कार्यक्रम गरिएको बताउनुभयो ।

लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ४, बिहीबार १०:१०‘आई एम जितबहादुर’को ग्राण्ड प्रिमियर सम्पन्न, चलचित्रकर्मीबाट सकारात्मक प्रतिक्रिया
खेलकुद२०८३ असार ४, बिहीबार ०७:०२कंंगोसँग बराबरीमा रोकियो पोर्चुगल « रिपोर्टर्स नेपाल
समाचार२०८३ असार ३, बुधबार २०:३६सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
सूचना-प्रविधि२०८३ असार ३, बुधबार १८:०६डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो








