बागलुङ बजारमा सडक मानव उद्धार अभियान, ६ जनालाई आश्रय

पोखरा । बागलुङ बजारको सडक किनारमा लामो समयदेखि बेघर अवस्थामा बस्दै आएका ६ जनालाई उद्धार गरिएको छ। सडकमा बस्ने, खुला ठाउँमा दिशा–पिसाब गर्ने र मदिरा सेवन गरी होहल्ला गर्ने जस्ता गतिविधिका कारण स्थानीयवासीलाई असहज भएको गुनासो बढेपछि यो अभियान चलाइएको हो।
उद्धार गरिएकाहरूमा अन्त जैशी, आले सार्की, भूपेश नेपाली, मिनबहादुर सार्की, जितेन्द्र गिरी (भारतीय नागरिक) र मीना नेपाली छन्। यीमध्ये पाँच पुरुष र एक महिला छन्।
मानव सेवा आश्रमको बागलुङ र पोखरा शाखाको सहकार्यमा, जिल्ला प्रहरी कार्यालय र स्थानीयवासीको सहयोगमा यो उद्धार कार्य सम्पन्न भएको हो। उद्धार गरिएकामध्ये तीन जनालाई बागलुङ शाखामा राखिएको छ भने बाँकी तीन जनालाई पोखराको हेम्जा र चोरपाटन शाखामा स्थानान्तरण गरिएको छ। उद्धारपछि सडक क्षेत्रको सरसफाइ पनि गरिएको छ।
यसअघि तीन दिन अगाडि पनि एक जनालाई उद्धार गरी पोखरा पठाइएको थियो। मानव सेवा आश्रमका अनुसार उद्धार गरिएकाहरूसँग परिवार भए पनि जाँडरक्सीको कुलत र पारिवारिक समस्याका कारण उनीहरू सडकमा बस्न बाध्य थिए।
“यी व्यक्तिहरूको परिवार छ, तर जाँडरक्सीको लतले सडकमा पुगेका हुन्। हाम्रो आश्रम साँच्चिकै सहारा नभएका र कमजोर अवस्थाका व्यक्तिहरूका लागि हो,” मानव सेवा आश्रम पोखराका प्रतिनिधिले बताए।
मानवता प्रवर्द्धन महाअभियान २०८२ अन्तर्गत आश्रमले सडक मानव उद्धारलाई निरन्तरता दिइरहेको छ। “सहयोगी भावनाले परिवर्तन सम्भव छ। सबै मिलेर यो अभियानलाई सफल बनाऔं,” आश्रमका संयोजकले आह्वान गरे।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18466, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन १९, सोमबार १६:४९कांग्रेस केन्द्रीय सदस्यमा सुदर्शन शर्मा : ‘व्यक्ति होइन, विचारको बहस गरौँ’
समाचार२०८३ आश्विन १८, आईतवार १५:०५कास्की आइडल–२ को सेमिफाइनल सम्पन्न, गायन र नृत्यतर्फ १०–१० जना फाइनलमा
समाचार२०८३ आश्विन १८, आईतवार ११:१५आप्रवासी स्रोत केन्द्रका परामर्शकर्मीलाई तनाव व्यवस्थापन तालिम
समाचार२०८३ आश्विन ७, बुधबार १४:४१दलित अधिकार तथा विकास विधेयकमाथि पोखरामा सुझाव संकलन








