हेमजाकाे डिभाइडरमा ११ सय फूलका बिरुवा राेपिँदै

पाेखरा । पोखरा महानगरपालिका वडा नं. २५ हेमजामा विभिन्न जातका ११ सय फूलका बिरुवा राेपिने भएकाे छ ।
राजमार्गको याम्दीबाट फेदीसम्मको सडक खण्डको १२ कि.मि. दुरीको डिभाइडरमा बुधबारदेखि फूलका बिरुवा राेपिने महानगरका प्रवक्ता तथा पोखरा-२५ हेमजाका वडा अध्यक्ष मोतीलाल तिम्सिनाले जानकारी दिए ।
विश्व वातावरण दिवसको अवसरमा पोखरा महानगरपालिकाको क्लिन सिटी ग्रिन सिटी कार्यक्रम अनुसार २ लाख २६ हजार बिरुवा रोप्ने कार्यक्रमको शुभारम्भ अनुरूप नै बुधवार विहान ७ः३५ बजे पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यकाे उपस्थितिमा पोखरा २५ साझा चोकमा फूलका बिरुवा रोपिने कार्यक्रम रहेकाे प्रवक्ता तिमिल्सिनाले जानकारी दिए ।
डिभाइडरमा खाल्टा खन्ने काम जारी रहेकोले एक हप्ता भित्रमा १ हजार १ सय फूलका बिरुवा रोपी सकिने उनकाे भनाई छ ।
‘महानगरको अभियान अन्तर्गत हेमजाबाट वृक्षारोपण कार्यक्रम सुरु हुदैछ’ उनले भने, ‘यो अभियानमा सहभागिताको लागि सम्पूर्ण टोल विकास संस्था, नागरिक समाज, आमा समूह, युवा क्लब, कर्मचारी, विद्यालय, वित्तीय संस्था लगायत सम्पूर्णलाई हार्दिक अनुरोध गर्दछौं ।’
पहिले रोपिएका बिरुवाहरू हुर्काउन धेरै प्रयत्न गर्दा पनि माटोको लेभल कम भएको कारणले बढ्न नसकेका कारण अहिले आवश्यक साइजको खाडल, नयाँ माटो र मल हालेर बिरुवा रोप्ने तयारी भइरहेको तिम्सिनाले जानकारी दिए ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18493, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन १९, सोमबार १६:४९कांग्रेस केन्द्रीय सदस्यमा सुदर्शन शर्मा : ‘व्यक्ति होइन, विचारको बहस गरौँ’
समाचार२०८३ आश्विन १८, आईतवार १५:०५कास्की आइडल–२ को सेमिफाइनल सम्पन्न, गायन र नृत्यतर्फ १०–१० जना फाइनलमा
समाचार२०८३ आश्विन १८, आईतवार ११:१५आप्रवासी स्रोत केन्द्रका परामर्शकर्मीलाई तनाव व्यवस्थापन तालिम
समाचार२०८३ आश्विन ७, बुधबार १४:४१दलित अधिकार तथा विकास विधेयकमाथि पोखरामा सुझाव संकलन








