कोटिहोमको सफलताको कामना गर्दै तालबाराही मातालाई १ हजार ८ नरिवल अर्पण

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको सफलताको कामना सहित पोखराको फेवाताल बिचमा रहेको तालबाराही मन्दिरमा १ हजार ८ नरिवल अर्पण गरिएको छ ।
महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले ऐतिहासिक श्री गण्डकी शत कुण्डीय कोटिहोम महायज्ञको शु–सम्पन्नताको कामना गर्दै तालबाराही मातालाई १ हजार ८ नरिवल अर्पण गर्ने सङ्कल्पअनुसार आज तालबाराही मातालाई १ हजार ८ नरिवल अर्पण गरिएको छ ।
आज बिहान पोखराको फेवाताल बिचमा रहेको तालबाराही मन्दिरमा पुगेर तालबाराही मातालाई १ हजार ८ नरिवल अर्पण गरिएको गरेको महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए।
कोटिहोममा जेठ २४ गते २१ करोड दीप (ज्योति) प्रज्वलन गर्ने कार्यक्रम रहेको छ । यति ठुलो दीप प्रज्वलन कार्यक्रममा आ–आफ्नो घरबाट ज्योति ल्याएर दीप प्रज्वलनमा सहभागी हुन सम्पूर्ण भक्तजनलाई महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले आग्रह गरेका छन् ।
‘जेठ २४ गते भव्य कार्यक्रमका साथ २१ करोड दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ’ बालयोगेश्वरले भने, ‘यो महान कार्यमा ज्योति सहित आफुलाई पनि समायित गर्न म सम्पूर्ण भक्तजनलाई आग्रह गर्दछु ।’
कोटिहोममा एक सय कुण्डमा प्रयोग भएका इँटा लैजान चाहनेले सम्पर्क गर्न आयोजकले आग्रह गरेको छ । कोटिहोममा साधु सन्त, कथा व्यास तथा चर्चित कलाकारहरूको सहभागिताले महायज्ञ भक्तजनमय भएको छ । आज चर्चित लोक दोहोरी गायक खुमन अधिकारीको भजन प्रस्तुति रहने छ ।
यति वेला यातायात व्यवसायीले सार्वजनिक यातायातका साधन बन्द फिर्ता लिएसँगै आज भक्तजनको उपस्थिति झन् बढेको प्रचार प्रसार संयोजक ढकालले जानकारी दिए । कोटिहोममा भागवत मञ्जरी राधिका दासी कथा वाचन गरिरहेकी छन् । उनले जेठ २६ गते सम्म कथा वाचन गर्ने छिन् । कोटिहोममा आज पं दीप किशोर भट्टराई नारायण कृष्णले प्रवचन गरेका छन् ।
देश विदेशबाट आगमन भएका साधु, सन्त, महन्तले निकै रौनकता थपेको छ । अनुराधा पाण्डेद्वारा श्यामद भागवत कथा प्रवचनको सुरुवातसँगै महायज्ञमा अन्तर्राष्ट्रिय कथा वाचीका देवी प्रतिभा, व्यासाचार्य प्रशान्त कृष्ण परांकुश, वाचन प्रवीण पं. दिनबन्धु पोखरेललगायत साधु सन्तले महायज्ञमा कथा वाचन गरिसकेका छन्। कोटिहोममा रक्तदान जारी छ ।
कोटिहोममा तुला दान, चौरासी पूजा, ग्रहशान्ति, विवाह, व्रतबन्ध, पितृ पुराणम् (हरिवंश पुराण), कालसर्प योग पूजा, मङ्गल चतुर्थी व्रत उद्यापन, सप्त वार व्रत उद्यापन, एकादशी व्रत उद्यापन, अर्क विवाह, कुम्भ विवाह, माङ्गलिक शान्ति, ऋण मोचन पाठ, शनि मृत्युञ्जय पाठ, शक्ति पाठ, श्री सूक्त पाठ, संपुटक पाठ (चण्डी पाठ) जारी छ ।
साथै रोग निवारण पाठ, ग्रह सूक्त पाठ, दुःख निवारण पाठ, गणेश सहस्रार्चन, देवी सहस्रार्चन, विष्णु सहस्रार्चन, शिव सहस्रार्चन, सूर्य सहस्रार्चन, व्रत उद्यापन पूजा, अथर्व शीर्ष पाठ पारायण, १०८ आवृत्ति हनुमान चालिसा पाठ, सड्कटमोचन एवं वजरंगवाण पाठ, कलह निवारण, श्री सूक्त पाठ पारायण, भूमि दोष निवारण, दश महादान, अष्ट महादान, पञ्चधेनुदान, भूमि दान, गोदान, कवच पाठलगायतका अनुष्ठान तथा कर्म, पितृ उद्धार, पारिवारिक सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका लागि आफ्नो घर–परिवार तथा आफ्ना पितृको नाममा २१ कोटी दीप प्रज्वलन, तुला दान गर्ने व्यवस्था रहेको मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाले जानकारी दिए ।
पोखरा–१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटिहोम सञ्चालन भइरहेको छ । कोटिहोम जेठ २६ गतेसम्म सञ्चालन हुनेछ ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18502, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन १९, सोमबार १६:४९कांग्रेस केन्द्रीय सदस्यमा सुदर्शन शर्मा : ‘व्यक्ति होइन, विचारको बहस गरौँ’
समाचार२०८३ आश्विन १८, आईतवार १५:०५कास्की आइडल–२ को सेमिफाइनल सम्पन्न, गायन र नृत्यतर्फ १०–१० जना फाइनलमा
समाचार२०८३ आश्विन १८, आईतवार ११:१५आप्रवासी स्रोत केन्द्रका परामर्शकर्मीलाई तनाव व्यवस्थापन तालिम
समाचार२०८३ आश्विन ७, बुधबार १४:४१दलित अधिकार तथा विकास विधेयकमाथि पोखरामा सुझाव संकलन








