दाङमा ‘सिनेमा पर्यटन विषेश संवाद’ सम्पन्न

चलचित्र पत्रकार संघ दाङ शाखाको समन्वयमा तुलसीपुर उपमहानगर पालिका वडा नम्बर ७ मा ‘सिनेमा पर्यटन विषेश संवाद’ कार्यक्रम सम्पन्न भएको छ ।
सिनेमाको माध्यमबाट स्थानीय पर्यटन प्रवर्धन गर्ने मुख्य उदेश्यका साथ सम्पन्न संवाद कार्यक्रममा चलचित्र क्षेत्रका नायक, निर्माता, निर्देशक तथा पत्रकारहरुको सहभागिता रहेको थियो।
चलचित्रको छायांकनका लागि दाङले धेरै संभावना बोकेको चलचित्रकर्मीले बताएका छन् । दाङको तुलसीपुर–७ स्थिति राप्ती शान्ति उद्यानमा शनिबार गरिएको ‘सिनेमा पर्यटन विषेश संवाद’ मा नेपाली चलचित्र क्षेत्रका नायक तथा निर्माता निर्देशकले दाङ चलचित्रको छायांकन लागि उपयुक्त स्थान भएको बताएका हुन् ।

नेपाली चलचित्रका नायक रमित ढुंगानाले दाङको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र शान्त वातावरण नै चलचित्र निर्माणका उपयुक्त स्थान रहेको बताउनुभयो । उहाँले दाङको भूगोल, मौलिकता र स्थानहरूको विविधताले कलाकार तथा निर्माता–निर्देशकलाई लोभ्याउने गरेको बताउनुभयो ।
उहाँले चलचित्र दाङमा छायांकन गर्न पनि सकिने विभिन्न स्थानहरूको चर्चा गर्दै चलचित्रका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्नका लागि सरकारको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।
यस्तै कार्यक्रममा निर्माता तथा निर्देशक मुनाल घिमिरेले दाङ चलचित्र छायांकनका लागि थुप्रै संभावना बोकेको जिल्ला भएपनि प्राविधिक समस्याका कारण दाङ छनौटमा पर्न नसकेको बताउनुभयो । तर उहाँले यसअघिका चलचित्र दाङमै सुटिङ गरिएको समेत स्मरण गर्नुभयो ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले चलचित्र छायांकनका लागि तुलसीपुरका विभिन्न स्थान उपयुक्त रहेको बताउनुभयो । उहाँले तुलसीपुर प्रमुख पर्यटकिय गन्तव्यको वृत्त चित्र निर्माण गरेको समेत बताउनुभयो ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का अध्यक्ष रामबहादुर जिसीले सिनेमा पर्यटन विषेश संवादले तुलसीपुरलाई थप पहिचान दिन सहयोग पुगेको बताउनुभयो । चलचित्र पत्रकार संघ नेपालका महासचिव रघुनाथ सापकोटाले चलचित्रका माध्यमबाट पर्यटन प्रवद्र्धन गरी स्थानीयको आर्थिक विकासमा टेवा पुगेको बताउनुभयो ।
राप्ती शान्ति उद्यानका अध्यक्ष डिल्लीराज भण्डारीले गणेशपुर पार्कलाई छायांकन स्थलका लागि छनौट गरेमा आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो । कार्यक्रमको सहजीकरण बिमल गौतम र सन्तोष केसीले गर्नुभएको हो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ भाद्र १०, बुधबार १०:०४प्रदर्शनको संघारमा ‘पार्वती’ : प्रिमियरमा भावुक बने दर्शक
समाचार२०८३ भाद्र ९, मंगलवार २०:३८प्रतिनिधि सभामा भोलि प्रधानमन्त्रीसँग सांसदहरुको प्रत्यक्ष प्रश्नोत्तर
कला, विचार/मनोरञ्जन२०८३ भाद्र ९, मंगलवार १९:२९निखिल उप्रेतीको ‘आचार्य’को एक्सनले भरिएको टिजर सार्वजनिक
कला, विचार/मनोरञ्जन२०८३ भाद्र ९, मंगलवार १८:५३छायांकन सुरु भएसँगै ६ देशमा बिक्री भयो ‘यानीमाया’को प्रदर्शन अधिकार









