नीलकण्ठ–५ मा ढाका बुनाइ तालिम सम्पन्न

धादिङ,२६ जेठ ।
नीलकण्ठ नगरपालिकामा–५ मा ढाका बुनाइ तालिम सम्पन्न भएको छ । गृहणी महिला कार्यक्रम अन्तरगत संचालित ६५ दिने तालिम आईतबार सम्पन्न भएको हो ।
तालिममा वडा नं. ५ का २२ जना महिलाको सक्रिय सहभागिता रहेको थियो। समापन कार्यक्रममा बोल्दै वडा नं. ५ का अध्यक्ष राम बहादुर श्रेष्ठले महिलाहरूले सिकेको सीप व्यवहारमा उतार्न सकेमा उनीहरूको आर्थिक सशक्तिकरणमा ठुलो टेवा पुग्ने बताउनुभयो।
उहाँले महिलाहरू स्वावलम्बी बन्नुका साथै नगरपालिकाले ल्याउने आगामी योजनाहरूमा पनि सक्रिय सहभागी बन्न सक्ने विश्वास व्यक्त गर्नुभयो।
त्यस्तै, कार्यक्रमका प्रमुख अतिथि नगरपालिकाका उप–प्रमुख दिपक विश्वकर्माले ढाका कपडाको बजारमा उच्च माग रहेको जनाउँदै, महिलाहरूले उत्पादनमा ध्यान दिन सकेमा आम्दानीका नयाँ ढोका खोलिने धारणा व्यक्त गर्नुभयो।
साथै हातैले बुनिएको ढाकाका रुपमा यसलाई ब्रान्डिङ गर्न सके अझ आकर्षक मुल्यमा बिक्रि गर्न सकिने पनि उहाँले बताउनुभयो । “सिकेका सीप व्यवहारमा ल्याए उत्पादन पनि बढ्छ, आम्दानी पनि बढ्छ” उहाँले भन्नुभयो ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरूषोत्तम सुवेदी, नगरपालिकाका सल्लाहकार दीपक कोइराला, सामाजिक विकास समिति संयोजक मञ्जु थापा मगर लगायतको उपस्थिति रहेको थियो। नीलकण्ठ नगरपालिका अन्तर्गत यस्ता सीपमूलक तालिमहरूले महिलाको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।





लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ असार २८, आईतवार १२:२९पोखरा कलेज अफ म्यानेजमेन्टमा विद्यार्थीद्वारा नमुना पत्रकार सम्मेलन, व्यावहारिक सीप विकासमा जोड
खेलकुद२०८३ असार २७, शनिबार २१:४६आज आमने-सामने हुँदै हालान्ड र केन, कसको खेल कस्तो?
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २७, शनिबार १३:४८बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतकाे आईसीयूमा उपचार हुँदै
कला, विचार/मनोरञ्जन२०८३ असार २७, शनिबार १२:३६‘माया भनेकै यस्तो होला’को पोस्टर सार्वजनिक, दिलको हल्दी डे झल्कियो









