‘महाभोज’ को पोखरामा भव्य प्रिमियर

पोखरा । सहकारी पीडितहरूको कथामा आधारित नेपाली चलचित्र ‘महाभोज’को प्रिभ्यू प्रिमियर सोमबार पोखरामा सम्पन्न भएको छ।
चलचित्र हेरेपछि दर्शकहरूले कथा, प्रस्तुति शैली र कलाकारहरूको अभिनयको खुलेर प्रशंसा गरे। धेरैले फिल्मले सहकारी ठगी प्रकरणमा परेको पीडालाई यथार्थ र प्रभावकारी ढंगले प्रस्तुत गरेको प्रतिक्रिया दिएका छन्।
तर, प्रशंसा मात्र होइन, केही दर्शकमा आक्रोश पनि देखियो। पीडितको कथालाई उजागर गरेको भन्दै केहीले ‘महाभोज’ले विगतमा ‘आगो’ चलचित्रले झैँ विद्रोहको भावना जन्माउन सक्ने बताएका थिए। चलचित्रले सत्तासीन वर्गलाई पनि प्रश्न गर्ने आँट देखाएको उनीहरूको भनाइ थियो।
चलचित्रमा गाउँपालिका अध्यक्षको भूमिकामा देखिएका आर्यन सिग्देलले चुनाव जित्न सहकारीको पैसा प्रयोग गरेको दृश्यप्रति केही दर्शक आक्रोशित बनेपछि मेयर आचार्य प्रतिक्रिया नदिई हलबाट बाहिरिएका थिए।
चिप्लेढुंगास्थित क्युएफएक्स(QFX) ट्रेड मलमा आयोजित भव्य प्रिमियरमा चलचित्रका निर्देशक दिनेश राउत, निर्माता हिमाल कडरिया तथा कलाकारहरू आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, बुद्धि तामाङ लगायतको उपस्थिति थियो।

कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, विभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकार तथा केही सहकारी पीडितहरू दर्शकका रूपमा सहभागी थिए।
यसअघि काठमाडौंमा गरिएको प्रिभ्यू शोमा पनि दर्शकहरूले फिल्मको विषयवस्तु र प्रस्तुतिलाई सकारात्मक रूपमा लिएका थिए।
‘महाभोज’ क्लक वर्क क्रियसन र पिक्चर फ्रेमको संयुक्त प्रस्तुति हो। हिमाल कडरिया निर्माता रहेको फिल्ममा कार्यकारी निर्माता किरण नेपाली हुन्। मुख्य कलाकारमा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल, मोहन निरौला लगायत छन्।
पोखराको प्रिमियरपछि फिल्मको विशेष प्रदर्शन बुटवल, विराटनगर र धरानमा पनि हुँदैछ।
सहकारी ठगीको ‘एपिसेन्टर’ बनेको पोखरामै फिल्मको छायांकन गरिएको हो। विशेषतः घाचोक क्षेत्रमा सुटिङ गरिएको यस चलचित्रमा काठमाडौंका केही दृश्य पनि छन्।
‘महाभोज’ यहि आउँदो शुक्रबार जेठ ३० गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18581, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन १९, सोमबार १६:४९कांग्रेस केन्द्रीय सदस्यमा सुदर्शन शर्मा : ‘व्यक्ति होइन, विचारको बहस गरौँ’
समाचार२०८३ आश्विन १८, आईतवार १५:०५कास्की आइडल–२ को सेमिफाइनल सम्पन्न, गायन र नृत्यतर्फ १०–१० जना फाइनलमा
समाचार२०८३ आश्विन १८, आईतवार ११:१५आप्रवासी स्रोत केन्द्रका परामर्शकर्मीलाई तनाव व्यवस्थापन तालिम
समाचार२०८३ आश्विन ७, बुधबार १४:४१दलित अधिकार तथा विकास विधेयकमाथि पोखरामा सुझाव संकलन








