ध्रुव एस्ट्रो वास्तु स्टुडियोद्वारा ‘प्रेरक सम्मान’ प्रदान

काठमाडौं। ध्रुव एस्ट्रो वास्तु स्टुडियोको आयोजनामा राजधानीमा ‘प्रेरक सम्मान’ कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा विभिन्न क्षेत्रका बौद्धिक व्यक्तित्व, प्रेरक आमाहरु, समाजसेवी, कलाकार, सञ्चारकर्मी र अध्यात्मिक अगुवाहरूलाई सम्मान प्रदान गरिएको थियो।
उक्त कार्यक्रममा नेपाल भारत – विश्व मैत्री संघ (NIWFA) का नव निर्वाचित पदाधिकारीहरूको घोषणा समेत गरियो, जहाँ ध्रुव एस्ट्रो वास्तु स्टुडियोका संस्थापक तथा फिल्म निर्माता ध्रुवराज पराजुली संघका उपाध्यक्षको रूपमा सर्वसम्मत चयन भए ।
ध्रुव एस्ट्रो वास्तु स्टुडियोले पछिल्लो समय अध्यात्म, वास्तुशास्त्र, चलचित्र निर्माण र सांस्कृतिक परियोजनामा उल्लेखनीय काम गर्दै आएको छ। संस्थाको ब्यानर अन्तर्गत निर्माणाधीन चलचित्र ‘कुम्भ’ एक विशेष चर्चा र प्रतीक्षाको विषय बनेको छ।
नेपाल–भारतको विभिन्न लोकेसनमा छायांकन भइरहेको ‘कुम्भ’ फिल्म एक अन्तर्राष्ट्रिय स्तरको नेपाली एक्शन थ्रिलर हो जसमा नेपाली तथा भारतीय कलाकारहरूको सशक्त अभिनय रहनेछ। फिल्म नेपाली र हिन्दी दुवै भाषामा निर्माण हुँदैछ। यस चलचित्रमार्फत नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउने उद्देश्य राखिएको छ।

फिल्म ‘कुम्भ’ का निर्माता ध्रुवराज पराजुली, राजेश शाह, र रंधिर श्रेष्ठ हुन् भने निर्देशक रंधिर श्रेष्ठ स्वयम् रहेका छन्। कार्यकारी निर्माता ईश्वर बल्लभ उप्रेती हुन्। फिल्ममा सुनील थापा,रोहीत रुम्बा,सृष्टि खड्का, सुरेन्द्र ठाकुर,सुशील पोखरेलको अभिनय रहनेछ। ‘कुम्भ’ को द्वन्द निर्देशन सम्राट बस्नेतले गरेका छन् ।
कार्यक्रममा ध्रुव एस्ट्रो वास्तु स्टुडियोको नयाँ लोगो पनि औपचारिक रूपमा सार्वजनिक गरियो, जसले संस्थाको आधिकारिक अस्तित्व र भविष्यको दिगो योजना प्रति प्रतिबद्धता दर्शाउँछ।
विश्व मैत्री संघ (NIWFA) संस्थाका पूर्व उपराष्ट्रपति श्री परमानन्द झाज्यूको प्रमुख आतिथ्य र वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठी, निर्वाचन अधिकारी अरुण कुमार प्रधान, र महिला निर्वाचन अधिकारिक देवी सुवेदी ज्यूहरूको उपस्थिति कार्यक्रमको गरिमा थप्ने खालको रह्यो।
कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति तथा प्रेरक सम्मानका माध्यमबाट नेपाली समाजलाई योगदान पुर्याउने व्यक्तित्वहरूको उज्यालो उपस्थितिले एक उदाहरणीय कार्यक्रमको अनुभूति दिएको थियो।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन १९, सोमबार १९:१२नुवाकोटका बाढीपीडितलाई कोरियन मेडिकल एशोसिएसनको राहत
समाचार२०८३ आश्विन १९, सोमबार १८:५२भूमिहीन समस्या समाधान सरकारको उच्च प्राथमिकतामा: प्रधानमन्त्री शाह
स्वास्थ्य/जानकारी टिप्स२०८३ आश्विन १९, सोमबार १५:५५बाढी प्रभावित रसुवामा छ दिने निःशुल्क स्वास्थ्य तथा दन्त शिविर सञ्चालन
कला, विचार/मनोरञ्जन२०८३ आश्विन १९, सोमबार १३:२३आईआईएफटी स्पेस एन्ड डिजाईन प्रतिस्पर्धामा रुची, दिपेश, विवेक र एन्जल उत्कृष्ट









