पोखरा बहुमुखी क्याम्पसले शनिबार QAA प्रत्यायन उत्सव मनाउने

पाेखरा । साविक पश्चिमाञ्चल विकास क्षेत्रकाे पहिलो सामुदायिक क्याम्पसको रूपमा चिनिने त्रि.वि. बाट सम्बन्धन प्राप्त उच्च शिक्षाकाे गुणस्तर सुनिश्चितताकाे प्रत्यायन ( QAA) सटिफाइड पोखरा बहुमुखी क्याम्पस पोखरा–९, शान्तिवनले क्युएए प्रत्यायन उत्सव मनाउने भएको छ ।
यहि जेठको ३१ गते शनिबार बिहान क्याम्पसको प्राङ्गणमा कार्यक्रमको आयोजना गरिएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएकाे छ ।
क्याम्पसले उच्च शिक्षाको गुणस्तर सुनिश्चितता प्रत्यायन (क्युएए) प्रक्रियामा सहभागी भई वि.स. २०८२ जेठ २१ गत विश्वविद्यालय अनुदान आयोगबाट क्युएए प्रमाण पत्र प्राप्तका लागी सफल भएको क्याम्पस प्रमुख शिशुकला पराजुलीले जानकारी दिए ।
क्याम्पसबो क्युएए प्राप्तिलाई उपलब्धि मात्र नमानी क्याम्पसकाे स्तारोन्तिका लागि सामुदायिक सहभागिता, पारदर्शी प्रशासन तथा प्रविधिमैत्री शैक्षिक प्रणालीलाई निरन्तरता दिइने उनले बताए ।
संस्थाको गुणस्तरमा थप ध्यान दिनुका साथै, क्याम्पसलाई अन्तर्राष्ट्रिय स्तरमा प्रस्पिर्धा गर्न सक्ने उत्कृष्ट शैक्षिक संस्थाका रुपमा स्थापित गर्ने समेत संस्थाको तर्फबाट उनले प्रतिवद्धता व्यक्त गरे ।
उनका अनुसार क्याम्पसले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न जनचेतना मूलक कार्यक्रमहरु जस्तै बाताबरण सरसफाई, हरियाली प्रवद्धन रक्तदान, बाताबरण संरक्षण, जीवनशैली तथा तनाव व्यवस्थापन लागुऔषध दव्र्यसन विरुद्धको सचेतना, साइबर सुरुक्षा, लैंगिक समना लगायतका कार्यक्रम गर्दै आएको छ ।
आइक्युएसी संयोजक महेन्द्र प्रसाद रिमालले सुरु क्युएएको प्रक्रिया बारे प्रस्ट्याएका थिए ।

अध्यायन सँगै, विद्यार्थीहरुलाई विभिन्न रोजगारदातासँग समन्य गरी रोजगारीको व्यवस्थामा पहल र आर्थिक रुपमा कमजोरी तथा जेहेन्दार विद्यार्थीहरुका लागि विभिन्न दातामार्फत अक्षकोष र छात्रवृत्ति व्यवस्था गरिएको छ ।
क्याम्पसमा हाल स्नातक तहका कार्यक्रमहरु विए र विविएस का कक्षा सञ्चालन गरिएकोमा जम्मा विद्यार्थी ५ सय जना छन् ।
अहिलेको श्रम बजार माग अनुसार उद्यमी, दक्ष, व्यवसायिक र प्रविधिमैत्री जनशक्ति उत्पादन लक्ष्यका साथ, भविष्यमा दिवा तथा सन्ध्याकालिन समयमा विविए, विआइएम, एमविए र विआइटी कार्यक्रमहरु सञ्चालन गर्ने योजना बनाइएको छ ।
क्याम्पसको स्थायीत्व र विबासका लागि समुदायको पहलमा वि.सं. २०७७ मा उपत्यका नगर विकास समितिबाट जग्गा प्राप्त गरी करीब रु ६ करोड लागतमा सविधा सम्पन्न भौतिक पूर्वाधार निर्माण भएको थियो ।
जसमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष नरेन्द्रमान लालचनले रु ५० लाख रुपैयाँ सहयोग गरेका थिए भने, सञ्चालक समितिका पदाधिकारी, एनएमवि बैक, पोखरा फाइनान्स लिमिटेड, मेघाा बैक लगायत विश्वविद्यालयमार्फत अनुदान आयोग युजिसी, प्रदेश सरकार, पोखरा ९ र ४ स्थानीय समाज सेवी तथा समुदायबाट सहयोग प्राप्त गरिएको थियो ।
‘गुणस्तरीय शिक्षा नै समृद्धिको आधार, सर्वसुलभ शुल्कमा गुणस्तरिय शिक्षा भन्ने मूलनाराका साथ विंसं. २०४४ मंसिर १४ गते तत्कालीन पोखरा नगर पञ्चायत उद्योग बाणिज्य संघ, शिक्षाप्रेमी तथा समाज सेवीहरुको अगुवाइमा स्थापना पश्चिमाञ्चलको पहिलो सामुदायिक क्यामपस राष्ट्रिय मा.वि. टुँडिखेल हुँदै वि.सं. २०५९ सालमा पोखरा–९ नयाँबजार स्थित महेन्द्र माविमा स्थानान्तरण भइ सञ्चालन गरिएको थियो ।
क्याम्पस व्यवस्थापन समितिका अध्याक्ष नरेन्द्रमान लालचनले सवैको साथ सहयोगमा क्युएए प्राप्त गर्न सफल भएको र आगामि दिनमा पनि सवैका सहकार्य र सहयोगमा क्याम्पसले राखेको लक्ष्य र उद्देश्य प्राप्त गर्ने विश्वास व्यक्त गरे । कार्यक्रमको सहजीकरण भिम प्रसाद न्यौपानेले गरेका थिए ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18577, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ असार २७, शनिबार १२:४८कौराहा संरक्षण पत्रकारिता पुरस्कारबाट पत्रकार मीना थापामगर सम्मानित
समाचार२०८३ असार २७, शनिबार ०६:३९पत्रकार हितानमगर र गुरुङलाई कर्म–कर्ण पत्रकारिता पुरस्कार प्रदान गरिने
समाचार२०८३ असार २२, सोमबार ०८:१२फोटो पत्रकार अक्षयकोषमा वरिष्ठ फोटो पत्रकार सुदुर्शन रञ्जितद्वार ६३ हजार प्रदान
समाचार२०८३ असार २१, आईतवार २०:४६टान गण्डकीद्वारा पर्यटनमन्त्री पौडेलको ध्यानाकर्षण, नयाँ पदमार्ग र टिम्स अनिवार्य कार्यान्वयनको माग







