पोखरामा सूचना प्रविधि सम्मेलन सम्पन्न

पोखरा । पोखरामा वर्डप्रेस पोखरा समाजको आयोजनामा दुई दिने सूचना प्रविधि सम्मेलन सम्पन्न भएको छ। हिजोदेखि सुरु भएको सम्मेलनमा नेपाल, भारत, बंगलादेश, जर्मनी, फिलिपिन्सलगायत देशका करिब ८०० जना सहभागी थिए।
सम्मेलनमा वेब डिजाइन, साइबर सुरक्षा, युजर इन्टरफेस डिजाइन, डिजिटल सामग्री निर्माण, सर्च इन्जिन अप्टिमाइजेसन, मेसिन लर्निङ, आर्टिफिसियल इन्टेलिजेन्स र वर्डप्रेस समुदायको विकासजस्ता विषयमा स्वदेशी तथा विदेशी विज्ञहरूले आफ्नो अनुभव र ज्ञान आदानप्रदान गरे।
नेपालबाट नारायण कोइराला, मिलन खनाल, क्षितिज बराल, सारिका घिमिरे, आविष्कार भट्टराई, जर्मनीबाट अर्तुर न्युमन, भारतबाट आदित्य शाह, आस्था जैन, अभिषेक कौशिक, बंगलादेशबाट ममुता हिना फागुनीलगायत ३० जना वक्ता थिए।
दोस्रो दिन ‘नेपालमा डिजिटल नोम्याड: सम्भावना र चुनौती’ विषयमा बहस भएको थियो। बहसमा अनिकेश मिश्र, अर्तुर न्युमन, निहार चमरबन्दु, सविन बराल सहभागी थिए भने सुवास खड्काले सहजीकरण गरे।

वर्डप्रेस पोखरा समाजका सहसंयोजक पारस देवकोटाले यो सम्मेलनले सूचना प्रविधि क्षेत्रमा प्रशिक्षण, सहकार्य र समन्वयलाई मजबूत बनाउन महत्त्वपूर्ण योगदान पुर्याएको बताए। यसअघि २०२३ मा पनि पोखरामा वर्डक्याम्प नेपाल सम्मेलन भएको थियो।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18628, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन १९, सोमबार १६:४९कांग्रेस केन्द्रीय सदस्यमा सुदर्शन शर्मा : ‘व्यक्ति होइन, विचारको बहस गरौँ’
समाचार२०८३ आश्विन १८, आईतवार १५:०५कास्की आइडल–२ को सेमिफाइनल सम्पन्न, गायन र नृत्यतर्फ १०–१० जना फाइनलमा
समाचार२०८३ आश्विन १८, आईतवार ११:१५आप्रवासी स्रोत केन्द्रका परामर्शकर्मीलाई तनाव व्यवस्थापन तालिम
समाचार२०८३ आश्विन ७, बुधबार १४:४१दलित अधिकार तथा विकास विधेयकमाथि पोखरामा सुझाव संकलन








