दशनामी साहित्य, कला तथा संस्कृति बिभागको अध्यक्षमा अर्जुन

काठमाडौंँ । दशनामी साहित्य, कला तथा संस्कृति बिभाग गठन भएको छ । गीतसंगीत, साहित्य, कलाकारिता तथा संस्कृति क्षेत्रमा कार्यरत दशनामी सन्यासी कलाकर्मीको राजधानीमा आयोजित भेलाले उक्त बिभाग गठन गरेको हो ।
भेलाले कलाकार, निर्माता, निर्देशक अर्जुन गिरीको संयोजकत्वमा २२ सदस्य कार्यसमिति समेत गठन गरेको छ । जसको सदस्यहरुमा भुमिका गिरी, हरी गिरी ‘बिमर्षी’, मिरा गिरी, राजु गिरी, पूजा पुरी, अस्मिता पूरी, अमृत भारती, कर्णराज गिरी, सचिन गिरी, राजेन्द्र गिरी, कुबेर गिरी, बाबुल गिरी, अनिता गिरी, अञ्जु पुरी, उज्वल गिरी, अप्सरा पुरी, अपेक्षा गिरी, सरस्वती बन, समुन्द्र गिरी, लक्ष्मी गिरी रहेका छन् ।
गायन, नृत्य, अभिनय, साहित्य लगायत कलाका बिभिन्न बिधामा छरिएर रहेका दशनामी सन्यासीहरुलाई एकबद्ध गर्ने उदेश्यले ‘दशनामी साहित्य, कला तथा संस्कृति बिभाग’ गठन भएको संयोजक अर्जुन गिरीले बताए ।
‘हामी देशभर थुप्रै दशनामी सन्यासी रहेका छन् । तिनमा पनि कला, साहित्य र संस्कृत क्षेत्रमा थुप्रै ब्यक्ति क्रियासिल छन्’, गिरीले भने ‘सबै गोलबद्ध भएर अझ अगाडि बढ्न यो बिभागले मद्दत पुग्छ ।’ बिभागले आगामी दिनमा नेपाली कलासंस्कृतिलाई अन्तराष्ट्रिय स्तरमा पुर्याउने योगदान दिने गिरीको भनाई छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन १९, सोमबार १९:१२नुवाकोटका बाढीपीडितलाई कोरियन मेडिकल एशोसिएसनको राहत
समाचार२०८३ आश्विन १९, सोमबार १८:५२भूमिहीन समस्या समाधान सरकारको उच्च प्राथमिकतामा: प्रधानमन्त्री शाह
स्वास्थ्य/जानकारी टिप्स२०८३ आश्विन १९, सोमबार १५:५५बाढी प्रभावित रसुवामा छ दिने निःशुल्क स्वास्थ्य तथा दन्त शिविर सञ्चालन
कला, विचार/मनोरञ्जन२०८३ आश्विन १९, सोमबार १३:२३आईआईएफटी स्पेस एन्ड डिजाईन प्रतिस्पर्धामा रुची, दिपेश, विवेक र एन्जल उत्कृष्ट









