ट्रक पल्टिँदा चालकको मृत्यु, सहचालक घाइते

मकवानपुर- मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित पूर्व–पश्चिम लोकमार्गमा लरी ट्रक दुर्घटनामा परेर एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।
भारतको बनारसबाट रिद्दिसिदी सिमेन्ट उद्योगका लागि कोइला बोकेर आउँदै गरेको ट्रक ब्रेक फेल भएर बिहान करिब २:३० बजे सडकको दाहिने किनारमा पल्टिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका चालक भारत गाजिपुर जिल्लाको पुरैनियाका अन्दाजी ४० वर्षका महेन्द्र यादवलाई दुईवटा क्रेनको सहायतामा उद्धार गरी उपचारको लागि हेटौंडा अस्पताल ल्याइएकोमा डाक्टरले बिहान ५:४५ बजे मृत घोषणा गरेका थिए ।
सहचालक भारत गाजिपुरका अन्दाजी २५/२६ वर्षका मनोज यादव को उपचार जारी छ । सहचालक यादवको अवस्था सामान्य रहेको मकवानपुर प्रहरीले जनाएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ १२, मंगलवार २१:४२सोम गुरुङको ‘चौंरीको गोठ’ मा सुरेश र रश्मी
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ १२, मंगलवार २१:३१‘गंगा रानी’ मा वर्षा अनुबन्धित, नयाँ कलाकारको खोजी
समाचार२०८३ जेष्ठ १२, मंगलवार १८:५७संस्थागत क्षमता (LISA) र वित्तीय सुशासन मूल्याङ्कन (FRA) मा नीलकण्ठ नगरपालिका देशकै उत्कृष्ट
खेलकुद२०८३ जेष्ठ १२, मंगलवार १३:३८प्रधान सेनापति राष्ट्रिय खुला टेनिस प्रतियोगिता सम्पन्न








