उपसभापति र महामन्त्रीको प्रस्तावमाथि नेताहरुले धारणा राख्ने क्रम आज पनि जारी

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सोमबारदेखि सुरु भएको बैठकमा उपसभापति र महामन्त्रीको प्रस्तावमाथि धारणा राख्ने क्रम आज पनि जारी रहेको छ ।
सभापति शेरबहादुर देउवाको सभापतित्वमा आज बसेको बैठकमा केन्द्रीय सदस्य रमेश रिजाल, उमा रेग्मी, जीपछिरिङ लामा, अर्जुनप्रसाद जोशी, मीनबहादुर विश्वकर्मा, देवेन्द्रराज कँडेल, डा डिला सङ्ग्रौला, रमेश लेखक, लगायत तीन दर्जन बढी सदस्यहरुले आफ्नो धारणा राख्नु भयो।
समिति बैठकमा धाराणा राख्दै गृहमन्त्री लेखकले रमेश लेखकले अहिलेको सत्ता गठबन्धनको विकल्प खोज्न नहुने र समस्यहरु आए दुईवटा पार्टीका बीचमा सल्लाह गरेर अघि बढ्नुपर्ने धाराण राख्नु भयो । सरकार सञ्चालन गर्ने क्रममा गठबन्धन सरकारका दलहरु बीच कुनै समस्या नरहेको उहाँले जानकराी गराउनु भयो ।
विभिन्न प्रस्तावमा धारणा राख्ने क्रम जारी रहेकाले कार्यसमितिको बैठक भोलि असार १८ गते दिउँसो १२ः३० बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ श्रावण ७, बिहीबार २३:१०त्रिकोणात्मक सिरिजमा नेपालको लगातार दोस्रो हार
स्वास्थ्य/जानकारी टिप्स२०८३ श्रावण ७, बिहीबार २१:१५मन्त्री बादीद्वारा सिंहदरबारस्थित दिवा शिशु केन्द्रको अनुगमन
समाचार२०८३ श्रावण ७, बिहीबार १९:२१कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ७, बिहीबार १६:०८‘मास्टर्नी’का दुई पोस्टर सार्वजनिक, आमा–छोरीको सम्बन्ध र रहस्यपूर्ण कथा








