नीलकण्ठ नगरपालिकाबाट बागमती प्रदेशको बजेटविरुद्ध खेद प्रस्ताव पारित

धादिङबेशी, २१ असार। नीलकण्ठ नगरपालिकाले बागमती प्रदेश सरकारद्वारा आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत बजेटप्रति गम्भीर असन्तुष्टि जनाउँदै खेद प्रस्ताव पारित गरेको छ।
नगरपालिकाको १७ औं नगरसभाको दोस्रो बैठकमा नगरप्रमुख भीमप्रसाद ढुंगानाले पेस गर्नुभएको खेद प्रस्ताव सर्वसम्मतिले पारित गरिएको हो।
प्रस्तावमा प्रदेश सरकारले पेस गरेको बजेट संघीयताको मूल मर्म विपरीत, पहुँच केन्द्रित, अनुत्पादक र असन्तुलित रहेको भन्दै बजेट परिमार्जन गर्न गम्भीर ध्यानाकर्षण गराइएको छ।
संघीय शासन प्रणालीको आधारभूत तत्व समावेशिता, क्षेत्रीय सन्तुलन र समान अवसरलाई कमजोर पार्ने ढाँचामा बजेट तयार भएको जनाउँदै प्रस्तावमा यसलाई दुःखद र चिन्ताजनक भनिएको छ। यस्तै, प्रदेश सरकारले स्वीकृत गरेको नीति तथा दोस्रो आवधिक योजनामा लक्षित क्षेत्रहरूलाई बेवास्ता गरिएको, साथै स्थानीय तहबाट प्रस्तावित योजनाहरू उपेक्षा गरिएको उल्लेख गरिएको छ।
खेद प्रस्तावमा संघीयताको मर्ममाथि ठाडो प्रहार भएको ठहर गर्दै, व्यक्ति र जिल्ला विशेष केन्द्रित बजेटप्रति नगरसभाले आपत्ति जनाएको छ। साथै, नीति निर्माण तथा बजेट प्रक्रियामा पारदर्शिता, समावेशिता र न्यायपूर्ण वितरणको प्रत्याभूति सुनिश्चित गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराइएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ असार २७, शनिबार २१:४६आज आमने-सामने हुँदै हालान्ड र केन, कसको खेल कस्तो?
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २७, शनिबार १३:४८बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतकाे आईसीयूमा उपचार हुँदै
कला, विचार/मनोरञ्जन२०८३ असार २७, शनिबार १२:३६‘माया भनेकै यस्तो होला’को पोस्टर सार्वजनिक, दिलको हल्दी डे झल्कियो
कला, विचार/मनोरञ्जन२०८३ असार २७, शनिबार ११:३२निर शाहको ‘कमला मिस’ को पोस्टर सार्वजनिक









