के देखिन्छ ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को पोस्टरमा ?

काठमाडौं । सिनेमाले भावना बोल्दछ, र पोस्टर त्यो भाषाको पहिलो अनुहार हो । चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को सार्वजनिक गरिएको पोस्टरले त्यही मौन संवादलाई गहिरो बनाएको छ ।
निर्माण टिमले काठमाडौंसँगै झापा, धरान, इटहरी, विराटनगर, वीरगञ्ज, बुटवल र नेपालगञ्ज—देशका आठ सहरमा एकैसाथ बेलुन उडाएर पोस्टर सार्वजनिक गरेपछि यो चलचित्रको प्रचार अभियान झन् विशेष र भिन्न बनेको छ ।
निर्माता बिमल न्यौपाने भन्छन्, “सिर्जनात्मक प्रचारले दर्शकको मनमा उत्सुकता जगाउने उद्देश्यले हामीले देशभरका मुख्य सहरमा एकसाथ पोस्टर अनावरण गरेका हौं ।”
पब्लिसिटीको यो शैलीले ‘मोफसल’मा समेत सिनेमाको उपस्थिति अनुभूति गराउने विश्वास लिइएको छ । रिलिज गरिएको दुई पोस्टर राकेश दाहालको डिजाइनमा तयार पारिएको हो।
पोस्टरको रंग संयोजन, पात्रहरूको अनुहारमा झल्किएको द्विविधा र धागोको प्रतीकात्मक प्रयोगले चलचित्रको भावभूमिलाई नै प्रस्तुत गर्छ । ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को निर्देशन हिमाल न्यौपाने ले गरेका हुन् । चलचित्र भदौ ६ गतेबाट प्रदर्शनमा आउँदैछ ।
बलियो स्टारकास्ट रहेको फिल्ममा विजय बराल, केकी अधिकारी, मिरुना मगरसँगै गौरव पहारी, सुशांक मैनाली, भोलाराज सापकोटा, रेअर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापा लगायतको अभिनय छ ।
कथा, पटकथा र संवाद भानुभक्त ढकालको हो भने, डीओपी नवीन गुरुङ र सिनेमेटोग्राफर कृष्ण परियार छन् । संगीत थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीले भरेका छन् ।
पेपरक्लिप ब्यानर अन्तर्गत निर्माण गरिएको फिल्मका निर्माता कमल र बिमल न्यौपाने हुन् । कार्यकारी निर्माता रूपमा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन छन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ असार २७, शनिबार २१:४६आज आमने-सामने हुँदै हालान्ड र केन, कसको खेल कस्तो?
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २७, शनिबार १३:४८बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतकाे आईसीयूमा उपचार हुँदै
कला, विचार/मनोरञ्जन२०८३ असार २७, शनिबार १२:३६‘माया भनेकै यस्तो होला’को पोस्टर सार्वजनिक, दिलको हल्दी डे झल्कियो
कला, विचार/मनोरञ्जन२०८३ असार २७, शनिबार ११:३२निर शाहको ‘कमला मिस’ को पोस्टर सार्वजनिक









