इजरायल र हमासबीच कतारमा अनौपचारिक युद्धविराम वार्ता

काठमाडौं- इजरायल र हमासका प्रतिनिधिहरुबीच कतारमा गाजा युद्धविराम गर्ने विषयमा अनौपचारिक वार्ता शुरु भएको छ ।
हमाससँगको वार्तालाई मूर्तरुप दिन इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्न वासिङ्टन जानुभएको छ ।
इजरायली प्रधानमन्त्री नेतान्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पसँग आज हुने वार्तापछि गाजामा रहेका थप इजरायली बन्धकको रिहाई र युद्धविरामका विषय सम्झौता गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
नेतान्याहुले आफ्ना वार्ताकारहरुलाई इजरायलले स्वीकार गरेका सर्तहरुमा युद्धविराम सम्झौताका लागि स्पष्ट निर्देशन दिएको पनि बताउनु भयो । हमासले पछिल्लो युद्धविराम प्रस्तावलाई सकारात्मक रुपमा लिएको प्रतिक्रिया दिएको बताएको छ ।
अझै पनि सम्झौता गर्नका लागि सर्तहरु रहेकाले त्यसमा विशेष पहल गर्नुपर्ने आवश्यकता औल्याएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ७, आईतवार १४:३६चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’को औपचारिक घोषणा
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार ७, आईतवार १३:०८महाधिवेशन स्थलमा ‘रास्वपा हेल्थ डेक्स’ सञ्चालन
समाचार२०८३ असार ६, शनिबार २१:३६ज्वालामूखीको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित, ५७ करोड ९० लाख बजेट विनियोजन
कला, विचार/मनोरञ्जन२०८३ असार ६, शनिबार १९:४८ज्योति राजको ‘नाक्छोङ’लाई विशेष चलचित्र पुरस्कार, राष्ट्रपति पौडेलद्वारा सम्मान प्रदान








