पत्रकार रुद्र श्रीस मगरलाई राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार

पोखरा । पोखराका पत्रकार रुद्र श्रीस मगरलाई राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार–२०८२ प्रदान गरिने भएको छ।
नेपाल मगर पत्रकार संघका केन्द्रीय उपाध्यक्ष तथा राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार–२०८२ छनोट समितिका संयोजक एमबी आस्था मगरको संयोजकत्वमा गठित पाँच सदस्यीय समितिले श्रीस मगरलाई यो पुरस्कार प्रदान गर्न सिफारिस गरेको थियो।
मगर पत्रकार संघ कास्कीको आयोजना र राष्ट्रिय मौलिक कौराहा संरक्षण समिति नेपालको सहकार्यमा साउन १ गते आयोजना हुने कार्यक्रममा उनलाई पुरस्कार प्रदान गरिने मगर पत्रकार संघ कास्कीका अध्यक्ष सुरज थापा मगरले जानकारी दिए।
उनका अनुसार राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिद्वारा स्थापित यो पुरस्कारको राशि यस वर्ष १५ हजार रुपैयाँ पुर्याइएको छ।
यो पुरस्कार मगर जातिको भाषा, कला, धर्म, रीतिरिवाज, संस्कार–संस्कृति र कौराहा संरक्षण तथा प्रवर्द्धनको क्षेत्रमा कलम चलाउने पत्रकारहरूलाई वार्षिक रूपमा प्रदान गरिँदै आएको छ।
२०७५ सालमा स्थापना भएको यो पुरस्कारबाट यसअघि कमला राना मगर (नवलपुर), तिलक पुन पुर्जा (कास्की), प्रताप राना मगर (तनहुँ), एमबी आस्था (कास्की), मनोज घर्ती मगर (कास्की), खेम सारु मगर (पाल्पा) र सारदा झेंडी मगर (नवलपुर) पुरस्कृत भइसकेका छन्।
यस वर्ष पुरस्कृत हुन लागेका श्रीस मगर विगत १९ वर्षदेखि पत्रकारितामा सक्रिय छन्। २०६३ सालमा पृथकयात्रा साहित्यिक द्वैमासिक पत्रिकाबाट पत्रकारिता सुरु गरेका श्रीस हाल पोखराको फेवा टेलिभिजनको कार्यकारी सम्पादक र कास्की आवाज दैनिकका सम्पादकका रूपमा कार्यरत छन्।
पत्रकार श्रीस मगर यसअघि जगनाथ सिग्देल स्मृति युवा प्रोत्साहन पत्रकारिता पुरस्कार, तीर्थसागर सुवेदी स्मृति पत्रकारिता पुरस्कार, कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार र मगर सांस्कृतिक पत्रकारिता सम्मानबाट सम्मानित भइसकेका छन्।
उनी आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीको इन्चार्ज र नेपाल मगर पत्रकार संघका केन्द्रीय उपमहासचिव छन्।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18900, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन १९, सोमबार १६:४९कांग्रेस केन्द्रीय सदस्यमा सुदर्शन शर्मा : ‘व्यक्ति होइन, विचारको बहस गरौँ’
समाचार२०८३ आश्विन १८, आईतवार १५:०५कास्की आइडल–२ को सेमिफाइनल सम्पन्न, गायन र नृत्यतर्फ १०–१० जना फाइनलमा
समाचार२०८३ आश्विन १८, आईतवार ११:१५आप्रवासी स्रोत केन्द्रका परामर्शकर्मीलाई तनाव व्यवस्थापन तालिम
समाचार२०८३ आश्विन ७, बुधबार १४:४१दलित अधिकार तथा विकास विधेयकमाथि पोखरामा सुझाव संकलन








