वडा स्तरीय सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

धादिङ । बेनिघाट रोराङ गाउँपालिका वडा नं. ८ बिदाङमा वडा स्तरीय सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम “शिक्षामा पहुँच सुनिश्चितता परियोजना” अन्तर्गत सम्पन्न भएको हो।
परियोजनाबाट आर्थिक वर्ष २०८१/०८२ मा वडा नं. ८ मा सञ्चालन गरिएका कार्यक्रम तथा गतिविधिहरूको कार्यान्वयन प्रक्रिया, लक्षित सहभागी, हासिल उपलब्धि, दिगोपनको योजना तथा खर्च विवरण सहित सबै सरोकारवाला बीच साझा गर्दै सुझाव संकलन गर्ने, मूल्यांकन गर्ने, र पारदर्शिता, जवाफदेहिता तथा सुसासनका आधारभूत मान्यता प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले जानकारी दिनुभयो।
नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष तथा इन्सेक प्रतिनिधि सिताराम अधिकारीको सहजीकरणमा सम्पन्न कार्यक्रममा वडाध्यक्ष राजकुमार श्रेठ,वडा सदस्यहरू, विद्यालयका प्रधानाध्यापकहरू, विद्यालय व्यवस्थापन समिति र शिक्षक–अभिभावक संघका प्रतिनिधिहरू, बाल क्लबका सदस्यहरू, शिक्षक, अभिभावक, चाइल्ड फण्ड जापानका एरिया म्यानेजर कबिराम वाठा मगर, स्पोन्सरशिप संयोजक श्रीकान्त लुइटेल, प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्याल, परियोजना प्रबन्धक, लेखा तथा प्रशासन सहायक, फिल्ड कार्यक्रम अधिकृत ,रेडियो राजमार्गका शिवराज आचार्य लगायत गरी ४३ जनाको उपस्थिति रहेको कार्यक्रम परियोजना व्यवस्थापक सन्तोष सत्यालले जानकारी दिनुभयो।
कार्यक्रममा सहभागीहरूले दिएका सुझावहरूलाई आगामी वर्षको कार्ययोजना तयार गर्दा बिशेष महत्व दिईने र नतिजामुखि काममा केन्द्रित भएर सहकार्य गरिने प्रयास नेपालका कार्यकारी निर्देशकले प्रतिबद्धता गर्नु भयो । प्रयास नेपाल,धादिङ चाईल्ड फण्ड जापानको साझेदारीता तथा गाउँपालिकाको समन्वयमा बेनिघाटरोराङ गाउँपालिकाका वडा नं ६’८ र १० मा अविस्थत १९ सामुदायिक विद्यालयहरुमा शैक्षिक सुधार केन्द्रित कार्यक्रम विगत २ बर्ष देखि संचालनमा रहेको छ ।
स्थानीय स्तरमा राम्रो समनवय तथा सहकार्यमा कार्यक्रम र गतिविधिहरूमा उपलब्धिमुलक भई प्रशंसा रहेकोमा सबैलाई धन्यवाद दिदै भविष्यमा समेत सबै बिद्यालय र समुदायबाट निरन्तर सहयोग रहने विश्वास रहेको फिल्ड कार्यक्रम अधिकृत सुमित्रा चेपाङले बताउनु भयो
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ असार २८, आईतवार १२:२९पोखरा कलेज अफ म्यानेजमेन्टमा विद्यार्थीद्वारा नमुना पत्रकार सम्मेलन, व्यावहारिक सीप विकासमा जोड
खेलकुद२०८३ असार २७, शनिबार २१:४६आज आमने-सामने हुँदै हालान्ड र केन, कसको खेल कस्तो?
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २७, शनिबार १३:४८बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतकाे आईसीयूमा उपचार हुँदै
कला, विचार/मनोरञ्जन२०८३ असार २७, शनिबार १२:३६‘माया भनेकै यस्तो होला’को पोस्टर सार्वजनिक, दिलको हल्दी डे झल्कियो









