पोखरा-११,काहुँमा तान्त्रिक संघको कार्यालय उद्घाटन

पोखरा-११,काहुँमा तान्त्रिक संघको कार्यालय उद्घाटन

पोखरा । तान्त्रिक संघ कास्कीको पोखरा महानगरपालिका ११ काहुँडाँडा स्थित कार्यालयको बिहिवार उद्घाटन गरिएको छ । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णु केसीले बिहीबार संघको उद्घाटन गरेका हुन् ।

पोखरा-११,काहुँमा तान्त्रिक संघको कार्यालय उद्घाटन

अध्यक्ष के.सी.ले धामी झाँक्रीले फुकेर उपचार गर्ने परम्परागत र संस्कृति भएकाले यसलाई जोगाउनुपर्ने बताए । फुकफाक गरेर उपचार गर्ने अन्धविश्वास नभई आस्थासँग गहिरो रुपमा जोडिएको उनको भनाई छ ।

परम्परागत ज्ञान, उपचार विधि र धार्मिक कार्यले समुदायको आत्मबल बढाउने र मानसिक शान्ति प्रदान गर्ने केसीको विश्वास छ । उनले तान्त्रिकबारे संविधानमा केहि उल्लेख नभएतापनि तान्त्रिक संघ बिधि र नियम अनुसार अघि बढ्न आग्रह गरे ।  साथै, उनले पालिकाबाट सक्दो सहयोग गर्ने वचन दिए ।

काहुँडाडा निवासी भरत आचार्यले केन्द्रलाई घर र जग्गा उपलब्ध गराएका हुन् । आचार्यले नियम कानुनभित्र रहेका काम गर्न आग्रह गरे । यसलाई सेवामुलक बनाउँदै सामाजिक कार्यमा निरन्तर लाग्न उनले जोड दिए ।

तान्त्रिक संघ सञ्चालक तथा  शिव भक्त धर्मगुरु मिलन घिमिरेले संस्कार र संस्कृति जोगाउने उद्देश्यले केन्द्रको स्थापना गरिएको जानकारी दिए । ‘परम्परागत संस्कार संस्कृति तान्त्रिक विधि तथा दैविक शक्तिको संरुक्षण गर्न र तान्त्रिक धामी झाँक्रीको पहिचान जोगाउनका लागि तान्त्रिक झाँक्री केन्द्र स्थापना गरिएको हो ।’- सञ्चालक घिमिरेले भने । नराम्रो शक्तिबाट समाजलाई जोगाउन प्रयत्न गरिने उनको भनाई छ । उनले उपचारमा टाढाबाट आउने सेवा ग्राहीहरुलाई खानेबस्ने सुविधा रहेको जानकारी दिए ।

पुर्वाञ्चल सेवा समाजका अध्यक्ष बाल कुमार लुइँटेलले तान्त्रिकको विशेष भूमिकाबारे बताए । तान्त्रिक बिधि संरक्षणका लागि कार्यालय सञ्चालनमा ल्याइएको झाक्री धर्मगुरु प्रविन तामाङले जानकारी दिए । कार्यक्रममा झाँक्री प्रदर्शनी गरिएको थियो ।

झाँक्री धर्मगुरु प्रविन तामाङ, शिव भक्त धर्मगुरु मिलन घिमिरे, सम्झना घिमिरे, बाल कुमार लुँइटेल मिलेर तान्त्रिक संघ सञ्चालन गरेका हुन् ।

यो पनि पढ्नुहोस् :  युनाइटेड क्लबको देउसीभैलोबाट विपद् कोषमा सहयोग जुटाइँदै, कार्यक्रमअघि नै जुट्यो एक लाख रुपैयाँ

जोखना हेर्ने छोप्ने काम्ने, बिर्मुल पार्ने, ग्रह दसा शान्ति गर्ने जीउ दुख्ने, हात खुट्टा झमझमाउने तान्त्रिक बिधिमार्फट उपचार गरिन्छ । साथै कोखा जगाउने, शरीर जोगाउने दैविक शक्ति छन् भने, उतार्ने नयाँ झाक्री मातालाई प्रशिक्षण दिईने र तान्त्रिक विधि र दैविक शक्तिबाट हुने सम्पुर्ण कार्य गरिनेछ ।

 

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18921, citypokhara.com

लेखकको बारेमा

सिटी पाेखरा डटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 4   +   1   =