डिभिजन वन कार्यालय धादिङद्धारा देववृक्ष उद्धार तथा पुनःस्थापना अभियान सुरु

धादिङ, असार २७ गते ।
डिभिजन वन कार्यालय धादिङले दिव्याङ्ग अवस्थाका देववृक्षहरू (वर, पिपल, श्वामी) उद्धार तथा पुनःस्थापना अभियान सुरु गरेको छ। सार्वजनिक स्थल, पर्खाल तथा घर वरपर उम्रेका तर संरक्षण नपाउँदा नष्ट हुने अवस्थामा पुगेका बिरुवाहरूलाई जोगाउने उद्देश्यले अभियान सुरु गरेको हो।
आज धादिङबेसीका विभिन्न स्थानमा गरिएको उद्धार तथा पुनःस्थापनाबाट ३ सयभन्दा बढी विभिन्न प्रजातिका बिरुवाहरू संकलन गरिएको डिभिजन वन कार्यालयका प्रमुख विष्णुप्रसाद आचार्यले बताउनुभयो । तीमध्ये सबैभन्दा धेरै पिपलका २८५ वटा, वरका २७ वटा र श्वामीका १८ वटा बिरुवा रहेको आचार्यले नीलकण्ठ एफ.एमलाई जानकारी दिनुभयो ।
डिभिजनल वन अधिकृत विष्णुप्रसाद आचार्यका अनुसार संकलित सबै बिरुवाहरूलाई कार्यालयको नर्सरीमा राखिनेछ र उपयुक्त समय तथा स्थानमा वितरण गरिनेछ। “अहिलेको मध्य वर्षातको समय जमिन गलेर बिरुवा रोप्न उपयुक्त छ,” आचार्यले भन्नुभयो, “त्यसैले उद्धार गरिएका बिरुवालाई सुरक्षित तरिकाले नर्सरीमा राखेर पुनःस्थापना गरिनेछ।”
उहाँले नागरिकहरूलाई पनि आ–आफ्नो घर वरपर यस्ता देववृक्षहरू उम्रिएका छन् भने जानकारी गराई सुरक्षितरूपमा पुनःस्थापना गर्न अनुरोध गर्नुभएको छ । साथै, कुनै समूह वा व्यक्ति वर, पिपल लगायतका देववृक्ष रोप्न चाहन्छन् भने कार्यालयले सिमेन्ट ट्रिगार्डसहित बिरुवा उपलब्ध गराउन तयार रहेको जानकारी दिनुभयो।
दैव वृक्षहरूको संरक्षणमा सबैले आ–आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने आवश्यकता औँल्याउँदै, वन कार्यालयले आगामी दिनहरूमा अझ सशक्तरूपमा अभियान अघि बढाउने जनाएको छ।



लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ असार २८, आईतवार १२:२९पोखरा कलेज अफ म्यानेजमेन्टमा विद्यार्थीद्वारा नमुना पत्रकार सम्मेलन, व्यावहारिक सीप विकासमा जोड
खेलकुद२०८३ असार २७, शनिबार २१:४६आज आमने-सामने हुँदै हालान्ड र केन, कसको खेल कस्तो?
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २७, शनिबार १३:४८बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतकाे आईसीयूमा उपचार हुँदै
कला, विचार/मनोरञ्जन२०८३ असार २७, शनिबार १२:३६‘माया भनेकै यस्तो होला’को पोस्टर सार्वजनिक, दिलको हल्दी डे झल्कियो









