निर्देशक खरेलको ‘चिट्ठी’ भदौ २० मा आउने

काठमाडौं । चलचित्र लेखक तथा निर्देशक माधब राज खरेलद्धारा निर्देशित चलचित्र “चिट्ठी” भदौ २० गतेवाट प्रदर्शनमा आउने भएको छ । एरा प्रोडक्सनको ब्यानरमा निर्माण भएको संचारकर्मी कमला जोशी निर्माता रहेको यस चलचित्रको वितरणको जिम्मेवारी कुवेर सिने डिस्ट्रीब्युशनले लिएको छ ।
केही समय अघि काठमाण्डौमा विशेष प्रदर्शनी गरिएको यस चलचित्रप्रति दर्शकहरुले देखाएको माया र दिएको प्रतिक्रियाले निर्माण पक्ष उत्साहित भएको छ । दुई घण्टा लामो चलचित्र “चिट्ठी” पुर्णतया हरर कमेडी तथा स्पेन्स र थ्रिलर शैलीमा तयार भएको छ । चलचित्र सेन्सर बोर्डले चलचित्रलाई पिजी सर्टिफिकेट दिएको छ, जसअनुसार १६ वर्ष मुनिका बालबालिकाले अभिभावकको साथमा चलचित्र हेर्न पाउने भएका छन् ।
चलचित्रमा खड्गबहादुर पुन मगर, सञ्जित भण्डारी, गोपाल ढकाल, नवराज थापा, प्रवण भुषाल, मुस्कान लामा, कञ्चन चालिसे, नम्रता खरेलको प्रमुख भुमिका रहेको छ । त्यसैगरी मोहन निरौला, शान्तिप्रिय, श्रीदेव भट्टराई, रश्मि भट्ट, उद्धव भट्टराई, कृष्ण भट्टराई, डेविल सिंह राजपुत, राजन थापा, पुरुषोत्तम सानु, मुना निरौला, कविन्द्र त्रिपाठी लगायतका कलाकारहरु समेत विशेष भुमिकामा देखिएका छन् ।
संचारकर्मी सरोज कोईरालाको संगीत एवम् डा. कृष्णहरि बराल र कमला जोशीको शब्द रहेको चलचित्रका गीतहरुको लागी शिव परियार, बेनिशा पौडेल र बसन्त अर्यालको स्वर दिएका छन् ।
‘चिट्ठी’ लाई जीवन पराजुली र राजन खरेलले खिचेका हुन् भने राजेश कुमारको सम्पादन, समिर मियाँको ग्राफिक्स तथा भिएफ एक्स, किरण दाहालको द्वन्द्व, पुष्कर खत्रीको पाश्र्व संगीत, मनोज परियारको साउण्ड मिक्सिङ तथा अमित श्रेष्ठको फाइभ प्वाईन्ट वान साउण्ड डिजाईन रहेको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ भाद्र ३०, मंगलवार २०:००चलचित्र ‘आचार्य’ को पहिलो गीत सार्वजनिक, निखिलको रोमान्टिक अवतार
समाचार२०८३ भाद्र ३०, मंगलवार १६:२२नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
स्वास्थ्य/जानकारी टिप्स२०८३ भाद्र ३०, मंगलवार १३:५१भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा आठ जनाको उपचार हुँदै
कला, विचार/मनोरञ्जन२०८३ भाद्र ३०, मंगलवार ०८:१९‘१२ गाउँ २’ को ब्रेकडान्स शैलीको ‘जुनेली’ सार्वजनिक









