क्लबस्तरीय भलिबलः आँधिखोला र पोखरा भेट्रान्सलाई उपाधि

सञ्जु विक्रम शाह सर्वोत्कृष्ट खेलाडी
पोखरा ।
पोखराको नदिपुरमा सम्पन्न भएको क्लबस्तरीय पुरुष तथा भेट्रान्स भलिबल प्रतियोगिताको क्लबतस्तरीयतर्फ आधिखोला न्यु दिल्ली र भेट्रान्सतर्फको उपाधि पोखरा भेट्रान्सले जितेको छ ।
लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा आयोजित तेस्रो संस्करणको क्लबस्तरीयतर्फ आधिखोला न्यु दिल्लीले घान्द्रुक क्रोम्छे युवा समितिलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि चुमेको हो ।
आधिखोलाले पहिलो सेट २५–१७ ले जितेपनि प्रतिस्पर्धात्मक बनेको दोस्रो सेट २७–२५ र तेस्रो सेट २५–२२ ले जित्दै तेस्रो संस्करणको उपाधि चुम्न सफल भयो ।
उपाधि जितेको आधिखोलाले १ लाख २५ हजार र उपविजेता भएको घान्द्रुकले ७५ हजारसहित मेडल, प्रमाणपत्र र ट्रफि प्राप्त ग¥यो ।
यस्तै भेट्रान्सतर्फ पोखरा भेट्रान्सले युनाइटेड किङ्स पोखरा भेट्रान्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो ।
पोखराले युनाइटेडलाई २५–१६, २५–१४ र २५–१६ ले जित्यो । उपाधि जितेको पोखराले ५० हजार र उपविजेता भएको युनाइटेड किङ्सले २५ हजारसहित ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त ग¥यो ।
यस्तै क्लबस्तरीयतर्फ एपिएफ पोखराले ढुङ्गेदेउराली स्याङ्जालाई ३–० को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गर्न सफल भयो ।
एपिएफले ढुङ्गेदेउरालीलाई २५–१२, २५–१८ र २५–१९ ले जित्दै प्रतियोगितामा तेस्रो भयो । प्रतियोगितामा तेस्रो भएको एपिएफले ३० हजार र सान्त्वना भएको ढुङ्गेदेउरालीले १५ हजार रुपैयाँ प्राप्त ग¥यो ।
यस्तै प्रतियोगिताको विधागतर्फ उत्कृष्ट खेलाडी सञ्जुु विक्रम शाह, स्पाइकर उमेश सेञ्चुरी , मिडल ब्लकर सुगम सुनार , डिफेन्डर राजन दलार्मी, सेटर विवश आले ,सर्भर मिलन राना, उदियमान खेलाडी ढुङ्गेदेउरालीका सुप्रिम भुजेल र प्रशिक्षक विक्रम कार्की घोषित हुँदै ट्रफी प्राप्त गरे । भेट्रान्सतर्फको उत्कृष्ट खेलाडी समेश केसीले ट्रफी प्राप्त गरे ।
असार २४ देखि सुरुभएको प्रतियोगिता शनिबार सम्पन्न भएको हो । प्रतियोगितामा क्लबस्तरीयतर्फ ५ र भेट्रान्सतर्फ १० टिमको सहभागिता रहेको थियो । सामाजिक तथा खेलकुद क्षेत्रमा क्रियाशिल फाउण्डेशनले २०७५ र ०७६ सालमा पहिलो र दोस्रो संस्करणको प्रतियोगिता सञ्चालन गरेको थियो ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18949, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ असार २७, शनिबार १२:४८कौराहा संरक्षण पत्रकारिता पुरस्कारबाट पत्रकार मीना थापामगर सम्मानित
समाचार२०८३ असार २७, शनिबार ०६:३९पत्रकार हितानमगर र गुरुङलाई कर्म–कर्ण पत्रकारिता पुरस्कार प्रदान गरिने
समाचार२०८३ असार २२, सोमबार ०८:१२फोटो पत्रकार अक्षयकोषमा वरिष्ठ फोटो पत्रकार सुदुर्शन रञ्जितद्वार ६३ हजार प्रदान
समाचार२०८३ असार २१, आईतवार २०:४६टान गण्डकीद्वारा पर्यटनमन्त्री पौडेलको ध्यानाकर्षण, नयाँ पदमार्ग र टिम्स अनिवार्य कार्यान्वयनको माग







