जलवायु उत्थानशीलताका लागि क्षमता विकास सम्बन्धी तीन दिने तालिम धादिङबेसीमा सम्पन्न

धादिङ,२६ असार
जलवायु उत्थानशीलताको लागि क्षमता विकास कार्यशाला गोष्ठी धादिङबेसीमा सम्पन्न भएको छ ।धादिङबेसी स्थित होटल आरकेमा सम्पन्न भएको जलवायु उत्थानशीलताका लागि क्षमता अभिबृद्धि कार्यशाला गोष्ठीमा जनप्रतिनिधि लगायत सरोकारवाला निकायका प्रमुमख एवं प्रतिनिधिहरुको सभागिता रहेको थियो ।

राष्ट्रिय प्रकृति संरक्षण कोष,समुदायमा आधारित वन सहजकर्ता सन्चालन(कफ्सन) नेपाल, ग्रीन क्लाईमेट फण्ड,आईसीयुएनको साझा प्रयासमा सन्चालित गण्डकी जलाधार जलवायु उत्थानशील आयोजना अन्तरगत धादिङ जिल्लाका प्रभाविता स्थानीय सरकारका प्रमुख एवंम प्रतिनिधिहरुको उपस्थितीमा अभिमुखीकरण गरीएको कफ्सन नेपालका केन्द्रिय अध्यक्ष विना श्रेष्ठले जानकारी दिनुभयो।

तीन दिन सम्म सन्चालन भएको तालिममा कफ्सन नेपालका संस्थापक अध्यक्ष भोला खतिवडा,वर्तमान केन्द्रिय कोषाध्यक्ष सुदिल गोपाल गुरुवाचार्य,डिजिभन वन अधिकृत विष्णु प्रसाद आर्चाय,वन अभियन्ता तथा महिला अधिकारकर्मी कविता ईटनी लगायतले सहजिकरण गर्नुभएको थियो । अभिमुखीकरण गोष्ठीमा जलवायु परिवर्तनको अवधारणा,प्रभाव न्युनीकरण तथा उत्थानशीलता र प्रकृतिमैत्री विकासका लागि गर्नुपर्ने कदमका विषयमा छलफल गरिएको थियो ।

कार्यक्रममा बन र कृषि,जलवायुमैत्री कृषिवन प्रणाली,सिमसार,चरिचरन, फोहोर मैला व्यवस्थापन,वन संरक्षणको विषयमा जानकारी गराईएको थियो । संस्थाका अध्यक्ष बिना श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको (मंगलबार) उद्घाट सत्र कार्यक्रममा नीलकण्ठ नगरपालिकाका नगर प्रमुख एवं नेपाल नगरपालिका संघका अध्यक्ष भीम प्रसाद ढुंगानाको प्रमुख आतिथ्यता रहेको थियो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ असार २८, आईतवार १२:२९पोखरा कलेज अफ म्यानेजमेन्टमा विद्यार्थीद्वारा नमुना पत्रकार सम्मेलन, व्यावहारिक सीप विकासमा जोड
खेलकुद२०८३ असार २८, आईतवार ११:०२आज किन कालो पट्टी बाँधेर मैदान उत्रिए अर्जेन्टिनी खेलाडी?
खेलकुद२०८३ असार २७, शनिबार २१:४६आज आमने-सामने हुँदै हालान्ड र केन, कसको खेल कस्तो?
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २७, शनिबार १३:४८बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतकाे आईसीयूमा उपचार हुँदै









