मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराज बलात्कार आरोपमा पक्राउ

काठमाडौँ- मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराज बलात्कार आरोपमा पक्राउ परेका छन । काठमाडौँ जिल्ला अदालतले जारी गरेको पक्राउ पूर्जीको आधारम उनलाई आज प्रहरीले पक्राउ गरेको हो ।
सोही अनुमतिका आधारमा उहाँलाई पक्राउ गरिएको र ५ दिन म्याद थप गरिएको काठमाडौँ जिल्ला प्रहरी परिसरका एसपी अपिलराज बोहोराले जानकारी दिनु भएको छ ।
बालिका बलात्कारको उजुरीका आधारमा काठमाडौं प्रहरीले अहिराजमाथि अनुसन्धान थालेको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौँमा अहिराजविरूद्ध माघ ३ गते नै दर्ता भएको थियो ।
जाहेरी दर्तालगत्तै भागेर भारतजानु भएको अहिराज केही हप्तादेखि काठमाडौँमै लुकेर बसेको सूचनाका आधारमा खोजी गरिएको थियो । पीडितलाई अहिराजले १७ वर्षको उमेरदेखि यौन शोषण गरेको जाहेरीमा उल्लेख छ ।
जाहेरीकर्ता मधेसीमूलकी युवती हुन् ।
काठमाडौँमा घरायसी कामको सहयोगीका रुपमा ल्याएर पठनपाठनको जिम्मा लिएका अहिराजले १७ वर्षको उमेरदेखि विभिन्न प्रलोभनमा पारेर यौन सम्पर्क गरेको पीडितको दाबी छ ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ असार २८, आईतवार १२:२९पोखरा कलेज अफ म्यानेजमेन्टमा विद्यार्थीद्वारा नमुना पत्रकार सम्मेलन, व्यावहारिक सीप विकासमा जोड
खेलकुद२०८३ असार २८, आईतवार ११:०२आज किन कालो पट्टी बाँधेर मैदान उत्रिए अर्जेन्टिनी खेलाडी?
खेलकुद२०८३ असार २७, शनिबार २१:४६आज आमने-सामने हुँदै हालान्ड र केन, कसको खेल कस्तो?
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २७, शनिबार १३:४८बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतकाे आईसीयूमा उपचार हुँदै









