‘होस्टेल ३’पछि अब ‘होस्टेल अगेन’, थ्रिलर स्वादमा नयाँ कथावस्तु

काठमाडौँ। नेपाली चलचित्रमा नयाँ पुस्ताका कलाकारहरूलाई स्थापित गर्दै आएको सफल फिल्म शृङ्खला ‘होस्टेल’को तेस्रो भाग ‘होस्टेल ३’ को सफलतापछि सोही निर्माण समूहले नयाँ चलचित्र ‘होस्टेल अगेन’को घोषणा गरेको छ।
आज सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको चलचित्रको मिनिमल पोस्टरले यसको कथावस्तुबारे संकेत गरेको छ। पोस्टरमा रगताम्य चक्कुले गुलाबको फूल थिचेको दृश्य देखिन्छ, जसले प्रेम र द्वन्द्वको मिश्रणलाई प्रस्तुत गर्दै थ्रिलर वा सस्पेन्स श्रेणीको संकेत गर्छ।
‘होस्टेल’ ब्रान्डकै नाम भए पनि ‘अगेन’ शब्द जोडिनु र पोस्टरको स्वरूप हेर्दा यो फिल्मले ‘होस्टेल ३’ को कथालाई निरन्तरता दिन्छ वा नयाँ कथा सुरू गर्छ भन्ने खुल्न नसकेको भए पनि यो शृङ्खलाको नयाँ स्वादको संकेत गरिएको छ। पोस्टर ट्राइडेन्ट कन्सेप्टका रोयल भीमसेनले डिजाइन गरेका हुन्।
चलचित्रमा ‘होस्टेल ३’का निर्देशक सशान कँडेल, लेखक माधव शर्मा, निर्माण कम्पनीहरू सम्मान इन्टरटेन्मेन्ट र आरोन कन फिल्म्स तथा कार्यकारी निर्माता शङ्कर कोइराला यथावत छन्।
स्मरण रहोस्, निर्देशक कँडेलको डेब्यु निर्देशन ‘होस्टेल ३’ ले लगातार ५१ दिन सिनेमा हलमा प्रदर्शन गरेको थियो। नयाँ पुस्ताका कलाकारहरूका लागि प्लेटफर्म बनेको यस चलचित्रबाट पारस बम ‘कुलब्वाय’, सिम्रन पन्त, आशिष घिमिरे, हेना नगरकोटी, समा पराजुली, रिहान गिरी, सन्तोष बानियाँ लगायतका कलाकारले दर्शकमाझ राम्रो छाप छोडेका थिए।
‘होस्टेल अगेन’ले पनि नयाँ अनुहारलाई प्राथमिकता दिने र सफलताको परम्परा कायम राख्ने अपेक्षा गरिएको छ। ‘होस्टेल’को पहिलो भाग २०७० मा हेमराज बिसी र दोस्रो भाग २०७२ मा सुरज भुसालले निर्देशन गरेका थिए।
‘होस्टेल ३’ गत वर्षको फागुन २३ गते प्रदर्शनमा आएको थियो भने ‘होस्टेल अगेन’को छायाङ्कन छिट्टै सुरु हुने निर्माण पक्षले जनाएको छ। यसअघि घोषणा गरिएको अर्को चलचित्र ‘बाउ भर्सेज छोरा’ भने कलाकारहरूको व्यस्तताका कारण अर्को वर्षलाई सारिएको निर्देशक कँडेलले बताएका छन्।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ आश्विन २३, शुक्रबार १६:१२एनपीएल सिजन–३: क्लाउड एजुकेसन भिसा र काठमाडौं गोर्खाजबीच साझेदारी
स्वास्थ्य/जानकारी टिप्स२०८३ आश्विन २३, शुक्रबार १५:४२अन्सारीले संसद्मा उठाएका गम्भीर टिप्पणीप्रति नेशनल मेडिकल कलेजको आपत्तिः निष्पक्ष र पारदर्शी छानबिनका लागि तयार रहेको उल्लेख
समाचार२०८३ आश्विन २३, शुक्रबार १२:२१६८ प्रतिशत नेपालीलाई आवासीय अवस्था जीवनको सबैभन्दा ठूलो तनावको स्रोत
कला, विचार/मनोरञ्जन२०८३ आश्विन २२, बिहीबार २१:४०नेपालकी प्राची तोमर ‘मिसेस इन्टरनेशनल ग्लोबल २०२६’ मा चौथो रनरअप









