इक्यान कास्कीद्धारा दुबई अध्ययनका लागि शैक्षिक परामर्श तालिम ‘नेपाली विद्यार्थीका लागि दुबई नयाँ शैक्षिक गन्तब्य’

पोखरा । नेपाल शैक्षिक परामर्श संघ (इक्यान), कास्कीले पोखरामा दुबई अध्यनका लागि जानकारीमुलक कार्यक्रम सम्पन्न गरेको छ । इक्यानले आफ्ना सदस्य र काउन्सीलरहरुका लागि दुबई अध्यनका लागि जनकारीमुलक कार्यक्रम आयोजना गरेको हो ।
धेरै नेपाली युवा कामका लागि दुबई जाने गरे पनि अध्ययनको लागि पनि दुबई नेपाली युवाहरूको लागि महत्वपूर्ण गन्तव्य रहेको कार्यक्रम बोल्ने बक्ताहरुले जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल शैक्षिक परामर्श संघ (इक्यान), का प्रथम उपाध्यक्ष लक्ष्मण पौडेलले नेपालीहरु श्रमका लागि जाने गरेको दुबई अहिले शैक्षिक गन्तब्य बन्दै गएको बताए ।
पौडेलले विश्वका टप विश्वविद्यालयलाई दुबईले स्वागत गरिरहेको र सन् २०३० पछि दुबई उत्कृष्ट शैशिक गन्तब्य बनाउन लागि रहेको जानकारी दिए ।
कुनै बेला दुबइबाट विद्यार्थीहरु फर्कनु परेको इतिहास स्मरण गदैँ पौडेलले कलेज छनोटमा ध्यान दिन शैक्षिक परामर्श दिने व्यवसायीहरुलाई आग्रह गरे ।
यस्तै इक्यानका द्धितिय उपाध्यक्ष भुवन बहादुर क्षेत्रीले विश्वस्तरको अवसरबाट दुवइमा विद्यार्थीहरु लाभान्वीत हुनसक्ने बताए । अष्ट्रेलिया, युएस, युरोपका विश्वविद्यालय स्तरको शिक्षा लिन दुवई सुरक्षित रहेको क्षेत्रीको भनाई थियो ।
इक्यान कास्कीका अध्यक्ष ओमप्रकाश गैह्ेले सुरक्षा र शान्तीको दृष्टिकोणले पनि दुवई अन्तराष्ट्रिय स्तरको लेवलमा देख्न सकिन्छ । जसको कारण दुबई शिक्षाको लागि पनि नयाँ गन्तब्य बन्दै गएको छ, भविश्यमा यो अझै बढ्दै जाने छ , गैह्ेले भने ।संघले इक्यान कास्की एजुकेशन फेयर गर्ने निर्णय गरेको गैह्ेले जानकारी दिए ।
इकायन कास्कीका उपाध्यक्ष धनबहादुर शाही (सन्तोष)ले अष्ट्रेलिया, क्यानाडा, युके लगायतका देशहरुमा विभिन्न कारणले एप्लाई गर्न नसक्ने विद्यार्थीहरुका लागि दुबइ विकल्प बनेको बताए ।इक्यान कास्कीका तालिम संयोजक राजन पन्थीले इक्यान कास्कीका सदस्यहरुका लागि समय अनुकुल र अन्तराष्ट्रिय बजार अनुसारको अभिमुखिकरण कार्यक्रम गदैँ आएको बताए ।
कार्यक्रममा रिगेन्ट मिडेल इस्ट, एक्सप्लोर एजुकेशन र रोयल रोड युनिभर्सीटीका प्रतिनिधिले दुबईको शैक्षिक अवस्था, नेपालका विद्यार्थीका लागि अवसर र सम्भावनाका वारे जानकारी गराएका थिए ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19053, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन २३, शुक्रबार ११:०६पोखरा–१४ मा जातीय विभेदको आरोप, इन्सेकद्वारा न्यायको माग
समाचार२०८३ आश्विन २२, बिहीबार १४:३७बालबालिका बेचबिखनमा आर्थिक अभावदेखि सामाजिक विभेदसम्म, उद्धारपछि पनि पुनःस्थापनाको चुनौती
समाचार२०८३ आश्विन २१, बुधबार १०:४०‘कोडदेखि कांग्रेससम्म’ अवधारणासहित ई. सुदर्शन शर्माको केन्द्रीय सदस्यमा उम्मेदवारी
समाचार२०८३ आश्विन १९, सोमबार १६:४९कांग्रेस केन्द्रीय सदस्यमा सुदर्शन शर्मा : ‘व्यक्ति होइन, विचारको बहस गरौँ’








