क्याम्पस प्रमुखको पदभार ग्रहण गर्दे डा. अधिकारीले भने, “ मेरो कार्याकालमा उत्कृष्ट क्याम्पस बनाउछु”

धादिङ,९ साउन
धादिङको नीलकण्ठ नगरपालिकामा वडा नम्बर ३ मा रहेको बहुमुखी क्याम्पसको नव नियुक्त क्याम्पस प्रमुख डाक्टर मुरारी अधिकारीले पदभार ग्रहण गर्नुभएको छ ।विहीबार क्याम्पसमा आयोजित एक कार्यक्रमका बिच अधिकारीले पदभार ग्रहण गर्नुभएको हो । धादिङ जिल्लाको जिल्ला सदरमुकाम धादिङबेसीमा रहेको नीलकण्ठ बहुमुखी क्याम्पसको आगामी ४ बर्षे कार्यकालको लागि अधिकारी क्याम्पस प्रमुखमा नियुक्त हुनुभएको हो । पदभार ग्रहण गर्नुहुँदै डाक्टर अधिकारीले क्याम्पसलाई थप परिस्कृत गर्दै उत्कृष्ट क्याम्पस बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारी, क्याम्पसका पूर्व अध्यक्षहरु शम्भुकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ, निवर्तमान अध्यक्ष नवराज शर्मा लगायतले शुभकामना दिदै क्याम्पसलाई थप उचाईमा पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ ।विक्रम सम्वत २०५७ सालमा १२ जना विद्यार्थीबाट सुरु भएको नीलकण्ठ क्याम्पस विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर प्रत्यायन (त्तब्ब्) प्राप्त गर्ने जिल्लाको पहिलो र एकमात्र क्याम्पस हो ।स्नातक तथा स्नाकोत्तरसम्मको अध्यापन गराइने नीलकण्ठ क्याम्पसमा करिव एक हजार विद्यार्थीहरु अध्ययनरत छन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ असार १०, बुधबार १९:०३त्रिपुरासुन्दरी गाउँपालिकाको कार्यालयमा अभद्र व्यवहार गर्ने सुरेन्द्र वाँडा पक्राउ
कला, विचार/मनोरञ्जन२०८३ असार १०, बुधबार १५:१४‘कार्की साइँला’को प्रदर्शन मिति परिवर्तन, असोज २ गतेदेखि प्रदर्शनमा आउने
कला, विचार/मनोरञ्जन२०८३ असार १०, बुधबार १४:४८‘गौँथली’ मा अरुण सिम्रनको नयाँ जोडी, साउन १ देखि दर्शकमाझ
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार १०, बुधबार १३:५५ज्येष्ठ नागरिकको आँखाको शल्यक्रिया « रिपोर्टर्स नेपाल








