फुलबारी क्लबकाे अध्यक्षमा बास्तोला सर्वसम्मत

पोखरा । फुलबारी क्लबको ३४औँ वार्षिक साधारणसभा तथा १७औँ अधिवेशन पोखरा–११, फुलबारीमा सम्पन्न भएको छ। अधिवेशनले जनार्दन बास्तोलाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको हो।
समितिकाे उपाध्यक्षमा युवराज बास्तोला, सचिवमा सबीना बास्तोला आचार्य, सह–सचिवमा अनन्त राज आचार्य, र कोषाध्यक्षमा रामशरण भट्टराई चयन भएका छन्।
सदस्यहरूमा सन्तोष भण्डारी, शिवराज पौडेल, अञ्जु ताम्राकार पौडेल, सुभास बास्तोला, रमेश बास्तोला र सङ्गीता पौडेल आचार्य चयन भए ।
कार्यक्रममा निवर्तमान सचिव युवराज बास्तोलाले सचिवको प्रतिवेदन र निवर्तमान कोषाध्यक्ष सावित्री पौडेल घिमिरेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन्।

नवनिर्वाचित अध्यक्ष जनार्दन बास्तोलाले आफ्नो कार्यकालको पहिलो प्राथमिकता मणिपाल अस्पतालसँगको सहुलियत कार्ड सेवा पुनः सञ्चालन गर्ने रहेको बताए। उनका अनुसार, मणिपाल अस्पताल स्थापना हुँदाका बेला फुलबारी क्षेत्रका केही घरधुरीलाई दिइएको सहुलियत कार्ड हाल रद्द भएको छ, त्यसलाई पुनः निरन्तरता दिन आवश्यक छ। उनले समुदायमै उपलब्ध स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न क्लबको भूमिका अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमका प्रमुख अतिथि वडा नं. ११ का वडा अध्यक्ष प्रेम प्रसाद कर्मचार्यले फुलबारी क्लबले स्थानीय विकास, सामाजिक समावेशीता र सामुदायिक सहकार्यमा खेलेको भूमिकाको प्रशंसा गरे। उनले नयाँ कार्यसमिति अझ प्रतिबद्ध र सक्रिय रहने विश्वास व्यक्त गरे।
निवर्तमान अध्यक्ष मनोज बास्तोलाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा गार्डेन क्लब फुलबारीका अध्यक्ष विनोद गुरु, जनप्रतिनिधि सुसिल बास्तोला, पूर्व क्लब अध्यक्ष तथा पूर्व वडा अध्यक्ष मोहन प्रसाद बास्तोला, पूर्व अध्यक्ष माधव (मधु) प्रसाद बास्तोला, र क्लब सल्लाहकार सञ्जय किशोर बास्तोला लगायतले बाेलेका थिए ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19076, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र ३०, मंगलवार १४:३८हिमालयपारिको अविस्मरणीय यात्रा : चीनमा सिकेका सात दिन
समाचार२०८३ भाद्र ३०, मंगलवार ०७:३४फ्र्याङ्कलिन एजुकेशन कन्सल्टेन्सीद्वारा रसुवा बाढीपीडितलाई राहत
समाचार२०८३ भाद्र २८, आईतवार १७:२७छेङ्दुमा १२ नेपाली युवा: सुपरकम्प्युटिङ र रोबोटिक्सदेखि प्राचीन सभ्यतासम्मको यात्रा
समाचार२०८३ भाद्र २८, आईतवार ०४:००रेवान पोखराको अध्यक्षमा वसन्त गौतम सर्वसम्मत








