प्रधानमन्त्री ओली « रिपोर्टर्स नेपाल

काठमाडौं, ११ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायकमा आधुनिक रंगशाला बनाउने घोषणा गरेका छन् । खेल क्षेत्रको नेपालको दायरा फराकिलो हुँदै गर्दा दशरथ रंगशाला साँघुरो भएकोले अब सूर्यविनायकमा आधुनिक रंगशाला बनाउने घोषणा गरेका हुन् ।
यही विषयमा आज सूर्यविनायक नगरपालिका राखेप, एन्फाका पदाधिकारीहरुसँग आफूले छलफल गरेको बताए । सूर्यविनायकको जगातीमा ५० हजार दर्शक क्षमाको रंगशाला बनाउनको लागि जग्गा प्राप्तिलगायतका विषयमा आजको छलफलमा महत्वपूर्ण कुराकानी भएको प्रधानमन्त्री ओलीले जानकारी दिएका छन् ।
सोबारे प्रधानमन्त्री ओलीले फेशबुकमा लेखेका छन्-
खेल क्षेत्रको हाम्रो दायरा फराकिलो हुँदैगर्दा दशरथ रंगशाला हामीलाई साँघुरो भएको छ। अब हामी भक्तपुर सूर्यविनायकमा आधुनिक रंगशाला बनाउँदै छौं। आज त्यस विषयमा सूर्यविनायक नगरपालिका, राष्ट्रिय खेलकुद परिषद् र अखिल नेपाल फुटबल संघका पदाधिकारीहरुसँग छलफल गरिएको छ। सूर्यविनायकको जगातीमा ५० हजार दर्शक क्षमताको रंगशालाका लागि जग्गा प्राप्ति लगायत विषयमा महत्त्वपूर्ण कुराकानी भएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ १२, मंगलवार २१:४२सोम गुरुङको ‘चौंरीको गोठ’ मा सुरेश र रश्मी
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ १२, मंगलवार २१:३१‘गंगा रानी’ मा वर्षा अनुबन्धित, नयाँ कलाकारको खोजी
समाचार२०८३ जेष्ठ १२, मंगलवार १८:५७संस्थागत क्षमता (LISA) र वित्तीय सुशासन मूल्याङ्कन (FRA) मा नीलकण्ठ नगरपालिका देशकै उत्कृष्ट
खेलकुद२०८३ जेष्ठ १२, मंगलवार १३:३८प्रधान सेनापति राष्ट्रिय खुला टेनिस प्रतियोगिता सम्पन्न









