वाइसीएल धादिङको जिल्ला प्रशासनलाई ज्ञापनपत्र : कृषि मलको अभाव तत्काल समाधान गर्न माग

धादिङबेशी ,११ साउन । योङ कम्युनिस्ट लिग नेपाल (YCL) धादिङले जिल्लामा विगतदेखि देखिँदै आएको रासायनिक मलको चरम अभावप्रति गम्भीर ध्यानाकर्षण गराउँदै आज जिल्ला प्रशासन कार्यालय, धादिङमा ज्ञापनपत्र बुझाएको छ।
वाइसीएल धादिङका इन्चार्ज सन्तोष अधिकारी र अध्यक्ष राजन लम्सालद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा भनिएको छ, “देशभर कृषि उत्पादनमा व्यापक गिरावट आइरहेका बेला धादिङका किसानहरू मलको चरम अभावमा परेका छन्, जसका कारण उनीहरूको मेहनत पानीमा जाने स्थितिमा पुगेको छ।”
ज्ञापनपत्रमा उल्लेख भएअनुसार जिल्लाका अधिकांश कृषकहरूले धान बाली लगाउने मुख्य समयमा पनि मलको सहज उपलब्धता नपाउँदा आर्थिक संकट भोग्नुपरेको छ। यसले खाद्य सुरक्षामाथि गम्भीर असर पार्न सक्ने भन्दै वाइसीएलले तत्काल वितरण प्रणाली सुधार्न माग गरेको छ।
वाइसीएल धादिङले सरकारलाई चेतावनी दिँदै भनेको छ, “यदि तुरुन्तै देशभर मल आपूर्ति सुनिश्चित गरिएन भने वाइसीएल नेपाल आफ्नो अभियानलाई देशव्यापी बनाउनेछ र आन्दोलनको बाटो रोज्नेछ।”
ज्ञापनपत्रमार्फत वाइसीएलले सरकारको कमजोरी, ढिलासुस्ती र विचौलियामार्फत कालोबजारीका घटना तत्काल नियन्त्रण गर्न जोडदार माग गर्दै समग्र कृषि प्रणाली सुधारमा ठोस कदम चाल्न आग्रह गरेको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ असार २८, आईतवार १२:२९पोखरा कलेज अफ म्यानेजमेन्टमा विद्यार्थीद्वारा नमुना पत्रकार सम्मेलन, व्यावहारिक सीप विकासमा जोड
खेलकुद२०८३ असार २८, आईतवार ११:०२आज किन कालो पट्टी बाँधेर मैदान उत्रिए अर्जेन्टिनी खेलाडी?
खेलकुद२०८३ असार २७, शनिबार २१:४६आज आमने-सामने हुँदै हालान्ड र केन, कसको खेल कस्तो?
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २७, शनिबार १३:४८बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतकाे आईसीयूमा उपचार हुँदै









