‘सिटामोल’ ले कर्णालीको पीडा मात्र होइन, समाधानको बाटो पनि देखाउँछ : निर्देशक साने

काठमाडौँ। यही साउन २३ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘सिटामोल’ कर्णाली क्षेत्रको सामाजिक तथा आर्थिक यथार्थमा आधारित छ। सौगात मल्ल र बेनिशा हमालको प्रमुख भूमिका रहेको फिल्मले कर्णालीको गरिबीलाई ‘बेच्ने’ होइन, त्यहाँका समस्याको समाधान खोज्ने उद्देश्य बोकेको निर्देशक राजबहादुर सानेको भनाइ छ।
“हामीले गरिबीलाई ‘प्रोडक्ट’ बनाएर बेच्न खोजेका होइनौं,” सानेले प्रष्ट पारे, “समस्यालाई उजागर गरेर त्यसको समाधानतर्फ जनचेतना फैलाउने प्रयास गरेका हौं।”
जुम्लामा जन्मिएका सानेले आफूले बाल्यकालदेखि भोगेका यथार्थहरू चलचित्रमा उतारिएको बताए। “तेस्रो पुस्तासम्मको पीडा देखेको छु, सहेको छु — त्यही अनुभूतिहरूको समिश्रणमा यो फिल्म बनेको हो,” उनले भने।
उनका अनुसार कर्णाली क्षेत्रमा अहिले पूर्वाधार विस्तारले केही सहजता ल्याएको भए पनि विकटताको अन्त्य भने भएको छैन। “अघिल्लो पुस्तामा त नुन ल्याउन भेडा चराउनुपर्ने हुन्थ्यो,” उनले सम्झिए, “आज केही बाटो बनेका छन्, कृषि प्रणाली परिवर्तन भएको छ, उत्पादनमा सुधार आएको छ, तर विकासको मूलधारबाट कर्णाली अझै टाढै छ।”
सानेले जुम्लाबाट कालिकोट जानु नै कहिलेकाहीं विदेशी मुलुक जानुजस्तै लाग्ने अनुभव बाँडे। ‘सिटामोल’ जनयुद्धपछिको समय, विशेषतः जनसेना समायोजनपछि उत्पन्न भएको सामाजिक र आर्थिक अवस्था वरिपरि केन्द्रित छ। जनयुद्धको समयमा अधिकांश गाउँका मानिस विस्थापित भए कोही मानसिक रूपमा, कोही शारीरिक वा सामाजिक रूपमा। समायोजनपछि उनीहरूलाई पुनःस्थापित हुन सहज थिएन, र यही सङ्घर्ष फिल्मको मूल कथावस्तु हो।

राज बहादुर साने निर्देशित सिनेमामा सौगात र बेनिशासहित श्री कृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण नेपाली, आराध्या राज्यलक्ष्मी डिसीको अभिनय छ । श्री कृष्ण र जानुकाले यही सिनेमाबाट नेपाली रजतपटमा डेव्यु गरेका हुन् ।
तुल्सी देवी फिल्म प्रालीले जुनतारा फिल्मस्को सहकार्यमा निर्माण भएको सिनेमाको कथा प्रदीप भारद्धाज र निर्देशक सानेले लेखेका हुन् । सिमोस सुनुवारको प्रस्तुती रहेको सिनेमामा भुगोल कुमार कार्की र विकाश राज जोशी निर्माता तथा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता अनि गंगाराम श्रेष्ठ सह-निर्मातामा छन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ आश्विन २३, शुक्रबार १६:१२एनपीएल सिजन–३: क्लाउड एजुकेसन भिसा र काठमाडौं गोर्खाजबीच साझेदारी
स्वास्थ्य/जानकारी टिप्स२०८३ आश्विन २३, शुक्रबार १५:४२अन्सारीले संसद्मा उठाएका गम्भीर टिप्पणीप्रति नेशनल मेडिकल कलेजको आपत्तिः निष्पक्ष र पारदर्शी छानबिनका लागि तयार रहेको उल्लेख
समाचार२०८३ आश्विन २३, शुक्रबार १२:२१६८ प्रतिशत नेपालीलाई आवासीय अवस्था जीवनको सबैभन्दा ठूलो तनावको स्रोत
कला, विचार/मनोरञ्जन२०८३ आश्विन २२, बिहीबार २१:४०नेपालकी प्राची तोमर ‘मिसेस इन्टरनेशनल ग्लोबल २०२६’ मा चौथो रनरअप









