बेनी अस्पतालमा ज्येष्ठ नागरिकलाई सहुलियतमा उपचार

काठमाडौँ, १४ साउन । म्याग्दीको बेनी अस्पतालले ज्येष्ठ नागरिकका लागि सहुलियतमा उपचार सेवा प्रारम्भ गरेको छ । ज्येष्ठ नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा प्रदान गर्ने सरकारको नीतिअनुसार सहुलियत उपचार सेवा थालिएको हो ।
पचास शय्या क्षमताको यो अस्पतालमा ६० देखि ६९ वर्षसम्मका ज्येष्ठ नागरिकले अस्पतालद्वारा निर्धारित उपचार सेवामा ५० प्रतिशत छुट पाउने छन् ।
७० देखि ७९ वर्षसम्मकालाई ७५ प्रतिशत छुट दिइने व्यवस्था मिलाइएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दिलकुमारी खत्रीले बताइन् ।
८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरूलाई अधिकांश सेवा निःशुल्क गरिएको छ । वार्षिक ६० हजारभन्दा बढी बिरामीले उक्त अस्पतालबाट सेवा लिने गरेका छन् । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ७, आईतवार १४:३६चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’को औपचारिक घोषणा
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार ७, आईतवार १३:०८महाधिवेशन स्थलमा ‘रास्वपा हेल्थ डेक्स’ सञ्चालन
समाचार२०८३ असार ६, शनिबार २१:३६ज्वालामूखीको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित, ५७ करोड ९० लाख बजेट विनियोजन
कला, विचार/मनोरञ्जन२०८३ असार ६, शनिबार १९:४८ज्योति राजको ‘नाक्छोङ’लाई विशेष चलचित्र पुरस्कार, राष्ट्रपति पौडेलद्वारा सम्मान प्रदान









