नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा बानियाँ निर्वाचित

काठमाडौँ- नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ चयन हुनु भएको छ ।
संसदीय दलको नेता चयनका लागि आज भएको मतदानमा नेता बानियाँको पक्षमा २२ मत परेको थियो भने अर्का उम्मेदवार एवम् मुख्यमन्त्री बहादुर सिंह लामाको पक्षमा १४ मत पर्यो ।
एक मत बदर भएको निर्वाचन संयोजक हरिशरण श्रेष्ठले जानकारी दिनुभयो । बागमती प्रदेश सभामा नेपाली कांग्रेसका ३७ जना सांसद छन्। निर्वाचनमा शतप्रतिशत मत खसेको थियो। संसदीय दलको बहुमत सहित बानियाँ दलको नेता बन्नुभएको हो ।
बानियाँकै नेतृत्वमा संसदीय दलका तत्कालीन नेता लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो । जुन प्रस्ताव २२ मतले नै पारित भएको थियो । त्यसपछि रिक्त भएको संसदीय दलको नेता पदका लागि बुधबार निर्वाचन भएको हो ।
२०७९ सालमा भएको निर्वाचनमा बानियाँलाई पराजित गर्दै लामा संसदीय दलको नेतामा निर्वाचित हुनुभएको थियो । नवनिर्वाचित संसदीय दलको नेता बानियाँ कांग्रेसको बागमती प्रदेश सभापति समेत हुनुहुन्छ ।

*यसअघि संसदीय दलको नेता बानियाँको राजनीतिक यात्राको मिति र विवरण फरक पर्न गएकोमा सच्याइएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ असार २८, आईतवार १२:२९पोखरा कलेज अफ म्यानेजमेन्टमा विद्यार्थीद्वारा नमुना पत्रकार सम्मेलन, व्यावहारिक सीप विकासमा जोड
खेलकुद२०८३ असार २८, आईतवार ११:०२आज किन कालो पट्टी बाँधेर मैदान उत्रिए अर्जेन्टिनी खेलाडी?
खेलकुद२०८३ असार २७, शनिबार २१:४६आज आमने-सामने हुँदै हालान्ड र केन, कसको खेल कस्तो?
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २७, शनिबार १३:४८बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतकाे आईसीयूमा उपचार हुँदै









