नेपाल खेलकुद पत्रकार मञ्चको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड पहिलो पटक पोखरामा

सागर ढकाल / पोखरा ।
नेपाल खेलकुद पत्रकार मञ्चद्वारा प्रदान गरिँदै आएको एनएसजेएफ(NSJF) पल्सर स्पोर्ट्स अवार्ड–२०८१ पहिलो पटक काठमाडौँ बाहिर पोखरामा आयोजना हुने भएको छ। आगामी भदौ २९ गते पोखरा इभेन्ट सेन्टरमा आयाेजना हुने अवार्ड कार्यक्रम बारे आज पोखरामा पत्रकार सम्मेलन गरि जानकारी दिईएकाे छ ।
यसपटक पोखरा महानगरपालिकाले मुख्य प्रवर्द्धकको रूपमा अवार्ड कार्यक्रमलाई सहयोग गर्नेछ। पोखरा भ्रमण वर्ष २०२५ लाई लक्षित गर्दै महानगरपालिकाले यसलाई आफ्नो वार्षिक विकास कार्यक्रममा समेत समावेश गरेको छ। पोखरा महानगरपालिकाका नगर प्रमुख धनराज आचार्यले अवार्ड कार्यक्रमले पोखराको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले पोखरालाई खेलकुद हब सहरका रूपमा विकास गर्न पूर्वाधार सबलीकरणमा महानगर सक्रिय रहेको बताए।
उनले भने -‘पोखरा खेलकुदको लागि उर्वर भूमि हो। पहिलो पटक राजधानीबाहिर अवार्ड कार्यक्रम हुँदैछ, त्यसैले पोखरालाई छान्नु भएको आयोजकलाई धन्यवाद दिन चाहन्छु। महानगरतर्फबाट सबै प्रकारका सहयोग गर्नेछौं।’
नेपाल खेलकुद पत्रकार मञ्चले २०६० सालदेखि निरन्तर गर्दै आएको पल्सर स्पोर्ट्स अवार्ड यो वर्ष २२ औं संस्करणमा हाे । नेपाली खेलकुदको दायरा विस्तार हुँदै गइरहेकाले अवार्डलाई देशव्यापी बनाउन काठमाडौँबाहिर लैजानुपर्ने आवश्यकताले यस पटक पोखरालाई छनोट गरिएको आयाेजकले जनाएकाे छ । पोखरा भ्रमण वर्ष २०२५ मनाइरहेको र महानगरपालिकाको सक्रियता तथा प्रतिबद्धताले पनि यस छनोटमा भूमिका खेलेको आयोजककाे भनाई छ।
अवार्डमा वर्षका उत्कृष्ट पुरुष, महिला, युवा खेलाडी, प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट, एसियन स्पोर्ट्स जर्नालिस्ट र टिम अफ दी इयर गरी १० विधामा सम्मान गरिनेछ।विजेताको घोषणा अवार्डकै दिन गरिनेछ भने पिपल्स च्वाइस सहित केही विधाको मनोनयन केही दिनमै सार्वजनिक गरिने छ। पुरुष, महिला, युवा खेलाडी, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेतालाई पल्सर मोटरसाइकल पुरस्कार स्वरूप प्रदान गरिनेछ भने अन्य विधाका विजेता तथा सम्मानित व्यक्तिलाई जनही एक लाख रुपैयाँ दिइनेछ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19118, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन २३, शुक्रबार ११:०६पोखरा–१४ मा जातीय विभेदको आरोप, इन्सेकद्वारा न्यायको माग
समाचार२०८३ आश्विन २२, बिहीबार १४:३७बालबालिका बेचबिखनमा आर्थिक अभावदेखि सामाजिक विभेदसम्म, उद्धारपछि पनि पुनःस्थापनाको चुनौती
समाचार२०८३ आश्विन २१, बुधबार १०:४०‘कोडदेखि कांग्रेससम्म’ अवधारणासहित ई. सुदर्शन शर्माको केन्द्रीय सदस्यमा उम्मेदवारी
समाचार२०८३ आश्विन १९, सोमबार १६:४९कांग्रेस केन्द्रीय सदस्यमा सुदर्शन शर्मा : ‘व्यक्ति होइन, विचारको बहस गरौँ’








