आँखा उपचार केन्द्र निर्माणका लागि आर्थिक सहयोग सङ्कलन

त्रिवेणी (रुकुम पश्चिम), १६ साउन । आँखा उपचार केन्द्र सल्ले रुकुम पश्चिमको भवन निर्माणका लागि जग्गा खरिद गर्न रु पाँच लाख ७१ हजार ९४९ सङ्कलन गरिएको छ । रुकुम सर्जिकल आँखा उपचार केन्द्रले जग्गा खरिदका लागि सहयोग आह्वान गरेको थियो ।
सोही आह्वानअनुसार नेत्र ज्योति सङ्घ जिल्ला शाखा रुकुम पश्चिमको खातामा उक्त रकम जम्मा भएको आँखा सर्जिकल सेन्टर प्रमुख धनबहादुर केसीले जानकारी दिए । देश तथा देशबाहिर बस्ने ३४ जना व्यक्तिले सहयोग गरेको उनले बताए ।
केसीका अनुसार भवन निर्माणका लागि मुसिकोट–१ सल्लेमा ५९७ वर्गमिटर जग्गा बैङ्कबाट ‘लोन’ लिएर खरिद भइसकेको छ । जग्गा खरिद तथा आवश्यक प्रक्रियामा रु १९ लाख खर्च भएकाले सहयोग आह्वान गरिएको उनले जानकारी दिए ।
भवन निर्माणका लागि भने सहरी विकास मन्त्रालयबाट रु दुई करोड ८० लाख विनियोजन गरिएको र यसबाट साढे तीन तलाको भवन निर्माण हुने आँखा सर्जिकल सेन्टर प्रमुख केसीले बताए । भवन निर्माण ठेक्का प्रक्रियामार्फत हुने भएकाले सोहीअनुसार तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ ।रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ असार २८, आईतवार १२:२९पोखरा कलेज अफ म्यानेजमेन्टमा विद्यार्थीद्वारा नमुना पत्रकार सम्मेलन, व्यावहारिक सीप विकासमा जोड
खेलकुद२०८३ असार २८, आईतवार ११:०२आज किन कालो पट्टी बाँधेर मैदान उत्रिए अर्जेन्टिनी खेलाडी?
खेलकुद२०८३ असार २७, शनिबार २१:४६आज आमने-सामने हुँदै हालान्ड र केन, कसको खेल कस्तो?
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २७, शनिबार १३:४८बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतकाे आईसीयूमा उपचार हुँदै








