सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला एक लाख ९९ हजार ४००

काठमाडौँ, २३ साउन ।
सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि तय गरेको मूल्यअनुसार सुनको मूल्य प्रतितोला रु एक लाख ९९ हजार ४०० पुगेको छ ।
बिहीबार प्रतितोला रु एक लाख ९८ हजार ४०० मा कारोबार भएको छापावाला सुन आज तोलामा रु एक हजारले वृद्धि भई हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।
यस्तै, चाँदीको मूल्य तोलामा रु १० ले वृद्धि भएको छ । बिहीबार प्रतितोला रु दुई हजार ३१५ मा कारोबार भएको चाँदी आजका लागि भने प्रतितोला रु दुई हजार ३२५ मा कारोबार भएको महासङ्घले जनाएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ श्रावण १२, मंगलवार २०:०५नारायणगढ–मुग्लिन सडकमा रातिमा यातायात सेवा बन्द
स्वास्थ्य/जानकारी टिप्स२०८३ श्रावण १२, मंगलवार १५:५०वीरगञ्जका ६८ चिकित्सकको सामूहिक राजीनामा
कला, विचार/मनोरञ्जन२०८३ श्रावण १२, मंगलवार १४:३३साइग्रेस पोखरेल ‘फलानो ढिस्कानो’मा पत्रकारको भूमिकामा
समाचार२०८३ श्रावण १२, मंगलवार ०७:३१बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना







