कैलाली कारागार घटनाको छानबिनका लागि ५ सदस्यीय समिति गठन

कैलाली- जिल्ला सुरक्षा समितिले कैलाली कारागार घटनाको छानबिनका लागि ५ सदस्यीय समिति गठन गरेको छ । आज प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन गरेको हो ।
समितिमा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव निरिक्षक राजकुमार सिह, शसस्त्र प्रहरीका डिएसपी जनकराज पन्त, अनुसन्धान विभागका अनुसन्धान अधिकृत दिपेन्द्र सिह र जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशी सदस्य रहनुभएको छ ।समितिलाई १० भित्र आवश्यक छानबिन विधिको प्रयोग गरी प्रतिवेशन बुझाउन समय सीमा तोकिएको छ ।
कैलाली कारागारमा कैदीबन्दीका दुई समुहबीच झडप हुँदा धनगढी उप महानगरपालिका वडा नम्बर ४ का ४० वर्षका भरत चौधरीको मृत्यु भएको छ भने ४७ जना घाईते भएका छन ।
मृत्युको घटनापछि कैलाली कारागार कैदीहरुले कब्जामा लिएको बताईएको छ । गएराती झडप भएपनि त्यसपछि कारागारभित्रको घटनास्थलमा प्रहरी जान सकेका छैनन । कैदीहरु आक्रोसित भएको हुनाले थप घटना नहोस भनेर कारागारभित्र पस्न नसकेको प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले बताउनुभयो ।अहिले कारागार सुरक्षाका लागि सशस्त्र प्रहरी तैनाथ गरिएको छ ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ असार २८, आईतवार १२:२९पोखरा कलेज अफ म्यानेजमेन्टमा विद्यार्थीद्वारा नमुना पत्रकार सम्मेलन, व्यावहारिक सीप विकासमा जोड
खेलकुद२०८३ असार २८, आईतवार ११:०२आज किन कालो पट्टी बाँधेर मैदान उत्रिए अर्जेन्टिनी खेलाडी?
खेलकुद२०८३ असार २७, शनिबार २१:४६आज आमने-सामने हुँदै हालान्ड र केन, कसको खेल कस्तो?
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २७, शनिबार १३:४८बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतकाे आईसीयूमा उपचार हुँदै









